साफ यु–१९ र मैत्रीपूर्ण फूटबलका लागि विमल नेपाल आउने

नेपाली राष्ट्रिय फूटबल टोलिका युवा स्ट्राइकर विमल घर्तीमगर भारतसागको मैत्रीपूर्ण फूटबल र साफ यु–१९ च्याम्पियनसीप खेल्न आउने भएका छन् ।
बेल्जियमको चर्चिच क्लब ब्रग केभीमा तालिम लिइरहेका उनी साउन ३० गते काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ । साफ यु–१९ भदौ ३ देखि १२ गतेसम्म काठमाडौंमा र भारत सागको मैत्रीपूर्ण खेल भदौ १४ गते
भारतको पुनेमा हुादैछ । उनको उपस्थितिले नेपाली टोलिको आक्रमणलाई थप सशक्त बनाउने विश्वास एन्फाले लिएको छ । सन् २०१६मा नेपालले साफ यु–१६ को फाइनल पुग्दा उनी टोलिका मुख्य खेलाडि थिए ।
सन् २०१३मा नै साफ प्रतियोगितामा उनले पाकिस्तान विरुद्ध अन्तिम समयमा गोल गर्दै खेल
बराबरी बनाएका थिए । यसपछि नेपाली फूटबलमा चम्किएमा विमलले युरोपका विभिन्न क्लबमा अवसर पाइसकेका छन् । उनले एन्डरलेच्ट, गेन्क र ब्रग जस्ता क्लबबाट निम्तो पाएका छन् ।

तपाईको प्रतिक्रिया