मगरहरुले मनाए सारलेस

धरान । माघे सङ्क्रान्ति का दिन मनाइने सारलेश मगर जातिहरूले धरानको सैनिक भवनमा भव्यताका साथ मनाएका छन् । नेपाल मगर संघ धरान नगर समितिको आयोजनामा भएको सो काक्र्रममा मगर जातिले विभिन्न पर्वहरूमा नाचिने हुर्रा, कोरा लगायतका सांस्कृतिक नाच प्रदर्शन गरेका थिए ।


कार्यक्रम बोल्दै मगर संघ धरान नगर अध्यक्ष चित्र मगरले जातीय पहिचानलाई जीवन्तता दिन मगरहरू सामूहिक रुपमा अगाडि आएको बताउनु भयो । उहाँले सामूहिक रुमा जातीय संस्कृति प्रदसनमात्र हैन आगामी दिनमा मगर जातिलाई समेटेर चलचित्र निर्माण गर्न लागिएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएका धरान उपमनहर पलिलका उपमेहर आइन्द्र विक्रम बेघाले हरेक जातिका सांस्कृतिक पर्व हरुलाई स्थानिय सरकारले अपनत्व गरेर जाने बताउनुभयो । कार्यक्रममा अन्य जातिका समुदायको समेत उपस्थि रहेको थियो ।

तपाईको प्रतिक्रिया