धरान । पछिल्लो समय हरेक चाडपर्व समावेशी भन्दै गएको छ । मकर संक्रान्ति आदिवासी जनजातिभित्र पर्ने जातजातिमात्र हैन मधेशी, थारु ल्गायतका जातिले पनि आ–आफ्नो विधि अनुसार मनाउने गरिएको छ । खासगरी माघ १ गतेलाई माघे संक्रान्ति, मकर सक्रान्तिले समेत चिनिन्छ । यस दिन मधैशी समुदायले खिचडी पर्व मनाउने प्रचलन छ । विगतमा माघे संक्रान्तिका दिन घर र घरमा खाइने खिचडी अहिले सामुहिक रुपमा कार्यक्रमको आयोजना गरेर खिचडी पर्व मनाउने प्रचलन बढेर गएको छ ।

यसैबै बीच विगतदेखि नै धरानमा बसोबास गर्दै आएका नेपाल वैश्य युवा सघ धरान नगर समितिले धरानमा सामुहिक रुपमा खिचडी पर्व मनाएका छन् । कार्यक्रममा सहभागी प्रमुख अतिति, अथिति तथा अन्य सहभागीहरुलाई खिचडी खुवाएर यो पर्व मनाएका थिए । सो अवसरम बोल्दै कोशी प्रदेशका सांसद रमेश बस्नेतले हरेक जातजातिको आ–आफ्नो पर्व हुने भएकोले मधेशी समुदायको खिचडी पर्व पनि मौलिक पर्व भएकोले यसको सरक्षण गरेर जानुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द गोलेले राजनीतिक पार्टीले पनि समानुपातिक सहभागितालाई जोड दिँदै आएको बताउदै हरेक जातिका मौलिक पर्व त्यो जातिको पहिचान भएको बताउनुभयो । कार्यक्रममा धरान उपमहानगरपालकाका अनुगमन सतिकिा संयोजक वेदराज सापकोटा लगायतको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष विजय साहले गर्नु भएको थियो भने सञ्चालन भरतराज शर्माले गर्नुभएको थियो ।
