नेपाल–भारत वाणिज्य सचिव स्तरीय वैठक काठमाण्डौमा शनिवार सम्पन्न भएको छ । खासगरि दुई देशबीचमा व्यापारमा देखिएका समस्या समाधान गर्ने हेतुले आयोजित वैठकमा दुवै पक्षले समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । सचिव स्तरीय वैठकको अंगको रुपमा रहेको जेविएफ वैठकमा दुई देशका प्रतिनिधिहरुले व्यापार, पर्यटन, ऊर्जा, लगानी, पूर्वाधार, विकास, कृषि, सूचना प्रविधि जस्ता विषयमा गम्भीर छलफल गरेका थिए । वाणिज्य सचिव स्तरीय वैठक गर्ने सम्बन्धमा नेपाल सरकारको मन्त्रिपरिषद्को दुई हप्ता अगाडिको बैठकले निर्णय गरे बमोजिम उक्त वैठक भएको हो । दुई देशको संयुक्त वैठकले महत्वपूर्ण निर्णयहरुसमेत गरेको छ । वैठकले खास गरेर व्यापार सीमापार लगानी, जलविद्युत, नविकरणीय ऊर्जा, सौर्य, वायु लगायतका परियोजनामा सहकार्य गर्ने निर्णय भएको बैठकपछि आयोजित अन्तरक्रियामा प्रष्ट पारिएको थियो । यसैगरि स्वच्छ ऊर्जा प्रवद्र्धन गर्दै सीमापार व्यापार सहज बनाउने, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनमा कोटा हँटाई उन्नत विउ तथा प्रविधि उपलब्ध गराउने कुरामा समेत सहमति भएको थियो । वैठकमा भएका सहमतिलाई माइन्युटमा दुवै देशका वाणिज्य सचिवहरुलाई उपलब्ध गराइएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव गोविबन्द बहादुर कार्कीले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व भारतका वाणिज्य सचिव सुनिल वर्थवालले गर्नुभएको थियो । वाणिज्य सचिव स्तरीय वैठक दुवै देशमा आलोपालो हुँदै आएको छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको समेत सहभागिता रहेको थियो । वैठक समापन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा आपूर्ति मन्त्रीले आफ्ना धारणाहरु राख्नु भएको थियो । सचिव स्तरीय वैठकलाई सरकारी क्षेत्रबाट मात्र नभएरुनीजि क्षेत्रबाट समेत मत्वपूर्ण रुपमा हेरिएको थियो । सो अवसरमा मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक रहेको उल्लेख गर्दै जेविएफको छलफलमा भएको सहमतिलाई दुवै देशले तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको थियो । यदाकदा दुवै देशबीचमा आयात निर्यातमा असहजता देखिने गरेको छ । अब आगामी दिनमा आयात निर्यातमा असहजता नआउनेतर्फ दुवै पक्ष सजग हुनुको विकल्प छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको उक्त धारणापश्चात भारतीय वाणिज्य सचिव सुनिल वर्धवालले बैठकमा उठेका एजेण्डा कार्यान्वयन गर्न आफूले सरकारसमक्ष पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा नेपालस्थित भारतीय राजदुत नविन श्रीवास्तवको समेत उपस्थिति रहेको थियो । उहाँले समेत आफ्ना धारणाहरु राख्दै भन्नुभयो वैठक दुुई देशबीचको आर्थिक मुद्धामा केन्द्रित रहेको, वैठकमा उठेका मुद्धाहरुलाई कार्यान्वयन तहसम्म पु¥याउन आफू हरसम्भव प्रयास गर्ने प्रष्ट पार्नुभएको थियो । दुई देशबीचको वाणिज्य सचिव स्तरको बैठकमा लिपीबद्ध मुद्धाहरुका सम्बन्धमा थप अनतरक्रिया भएको सम्भवत ः यो नै पहिलो बैठक हो । यस भन्दा अगाडि भएका वैठकहरुमा उठेका मुद्धाहरुमाथि यसरी अन्तरक्रिया भएका थिएनन् । त्यसबेलाको बैठकका एजेण्डा र उठेका मुद्धाहरुमाथि लिपीबद्ध माइन्युटिङ्ग पश्चात दुवै पक्षको हस्ताक्षर सहित एक अर्कामा हस्तान्तरणमै बैठक सीमित हुने गरेका थिए ।
