धरान । अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुपर्ने स्तनसम्बन्धी चेकजाँच महिलाहरुले नगर्ने गरेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले कतिपय महिलाहरु लज र अज्ञानताकै कारण चेकजाँच गर्न पनि हिच्किचाउने गरेका कारण समयमै चेकजाँच नगराउदा यो रोगका महिलाहरु ब्ढी प्रभावित बन्दै गएको बताएका हुन् । धरान १६ स्कोन मन्दिरको प्रांगरणमा महिलालाई लक्षित गरी स्तनसम्बन्धी विज्ञ चिकित्सकद्वारा एक दिने स्वास्थ्य शिविर राखिएको थियो । स्कोन मन्दिरको पांगरणमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वेष्ट क्यान्सर विशेषज्ञ डा. शारदा खड्काले शिविरमा आएका महिलाहरुलाई स्तनसम्बन्धी चेकजाच गर्नुभएको थियो । महिलालाई लक्षित गरी आयोजना गरिएको सो शिविरमा महिला र पुरुष दुवैलाई लक्षित गरी पेट सम्बन्धी समस्यामा केन्द्रित रहेर पेट सर्जरी विज्ञेषज्ञ डा. कुणाल विक्रम देवले शिविरमा आएका महिला तथा पुरुष दुवैलाई चेकजाँच गर्नुभएको थियो । स्कोन मन्दिरद्वले माघ १ गते अर्थात माघे संक्रान्तिका दिन आयोजना गर्ने रथ यात्राको प्रचारका साथै महिलामा भएको विकराल समस्या स्तन क्यान्सर हुनबाट जोगाउन शुरुवातै चरणमा चेकजाच गर्ने र यो रोगबाट बच्ने उपायका बारेमा जानकारी दिन समेत यो कार्यक्रम आयोजना गरिएको थियो ।

सामुदायिक रमणीय वातावरण समूह धरानको आयोजनामा भएको सो शिविरमा आएका महिलाहरुले घर आगनमै सेवा लिन पाएकोमा खुशी व्यक्त गरेका थिए । महिलाहरुमा हुने वेष्ट क्यान्सरको अवस्था दिनप्रतिदिन भयावाह बन्दै गएकोले यसलाई मध्यनजर गरी वेष्ट क्यान्सर विशेषज्ञ डा. खड्का र पुरुष महिला दुवैलाई लक्षित गरी पेट सम्बन्धी समस्या भएकाहरुलाई डा.देवद्वारा चेकजाँच गर्ने वातावरण मिलाइएको सामुदायिक रमणीय वातावरण समूह धरानकी अध्यक्ष सीता राईले जानकारी दिनुभयो । शिविरमा चेकजाँच गारउन धरान १६ तथा आसपासका महिला तथा पुरुषहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चेकजाँचमा खटिनु भएकी डा. खड्काले धेरै महिलाहरुले स्तन क्यान्सरका विषयमा जानकारी नभएको बताउनुभयो । उहाँले लाज र अज्ञानताकै कारण शिविरमा आउने कतिपय महिलाहरुले चेकजाँच नै नगराई फर्किएको जानकारी दिँदै स्वास्थ्य सम्बन्धी सचेतना नभएकै कारण यस्तो अवस्था आएको उहाँको भनाई छ । स्तनको तलमाथि दायाँबायाँ सानो गिर्खा भेटिने, छातीमा असहज महसुस हुने, स्तनको आकारमा परिवर्तन आउने, स्तनमा खाल्डो पर्ने, कुनै सानो घाउ खटिरा आयो भने निको नहुने, स्तन वरपरको मांसपेशी दुख्ने, निप्पलबाट सेतो पानी बग्ने वा रगत बग्ने, तौल घट्ने आदि भएका स्तन क्यान्सरको समस्या हुने भएकोले तुरुन्त चेकजाँच गर्न चेकजाँचमा आउने महिलाहरुलाई सम्झाउनु भएको थियो । चिकित्सकका अनुसार १७.१ प्रतिशत स्तन क्यान्सर महिलाहरुमा दोस्रो प्रमुख क्यान्सरको रुपमा रहेको पाइएकोले समयमै सचेत हुन आग्रह समेत गरिएको थियो ।
