कृषकलाई प्रवद्र्धन गर्नकै लागि सञ्चालन भएको सम्पदाका कारण कृषक लाभान्वित

धरान । राज्यले गर्नुपर्ने कतिपय कामहरु स्थानीय स्तरमा नीजि क्षेत्रले गर्ने गरेका छन् । कृषकले उत्पादन गरेका सामाग्री विक्री वितरणमा समस्या हुदा उत्पादन भएका सामाग्री फाल्नेसम्मको अवस्था आउने गर्छ । गाउँगघरमै उत्पादन गरेका स्थानीय रैथाने कृषि सामाग्रीको प्रवद्र्धनसँगै व्यवसायिक मौरी पालनमा सहयोग गर्नै उद्देश्यले धरान १ मा सञ्चालन भएको सम्पदा मौरी तथा रैथाने कृषि स्रोत केन्द्र सञ्चालन गरेर कृषि क्षेत्र तथा कृषकको प्रवद्र्धनमा जुटेको छ । स्थानीय स्तरमै उत्पादन भएका कृषि सामाग्री लगायत अन्य सामाग्रीको प्रवद्र्धन गर्ने उद्देश्य बोकी सञ्चालन गरिएको यो केन्द्रले कृषकले उत्पादन गरेको सामाग्रीकोे प्रवद्र्धनमात्र हैन मौरीपालन गर्न चाहने कृषकहरुलाई प्रशिक्षणसँगै आवश्यक सहयोग पु¥याउदै आएको छ ।
धरान १ लक्ष्मी चौकमा चार महिना अगाडि सञ्चालनमा आएको यो केन्द्रले पहाडी जिल्लामा उत्पादन भएका रैथाने कृषि सामाग्रीको विक्री वितरण केन्द्रको रुपमा स्थापित गर्दै मौरी पालन कृषकलाई प्रवद्र्धन गर्न तालिमसँगै व्यवसायिक मौरी पालनका प्रोत्साह गर्दै आएको छ । रैथाने सामाग्रीको अधिकत्तम प्रयोगसँगै कृषकलाई व्यवसायिक मौरी पालनतर्फ आकर्षित गर्न तालिमको व्यवस्था गर्दै व्यवसायिक मौरी पालनमा कृषकलाई आकर्षण गर्नको लागि यो सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालन दुर्गा नेपाल बताउनुहुन्छ ।


उहाँले सञ्चालन गर्नुभएको रैथाने पसलबाट धरानकालेमात्र प्रयोग गर्ने अमेरिकासम्म निर्यात हुने गरेको उहाँ बताउनुहुन्छ । कृषकले उत्न्पादन गरेको रैथाने कृषि समाग्री बढी भन्दा बढी विक्री गर्ने अभिप्रायले सञ्चालन गरेको सो केन्द्रमा कतिपय सामाग्री कृषकले ल्याउने गरे पनि धेरै जसौ सामाग्री संकलन गरेर ल्याउने गरिएको छ । धनकुटा जिल्लामा पर्ने भीरगाउँमा मौरी पालनसमेत गर्दै आएको केन्द्रले यसरी सामाग्री संकलन गरेर ल्याउनुपर्दा अत्यन्तै कठिनाइ हुने सञ्चालक नेपाल बताउनुहुन्छ । उहाँले आफैले उत्पादन गरेको मह र गाउँमा भएका अन्य मौरीपालक कृषकलाई तालिम दिने र कृषकले उत्पादन गरेको महलाई ब्राण्डिङ गरिदिने काम समेत गर्दै आएको उहाँ बताउनुहुन्छ । यहाँ संकलन गरेर ल्याएका सामाग्ी नेपालमा विभिन्न भाग तथा विदेश समेत निर्यात गरिने गरिएको छ । पूर्वी पहाडी जिल्लामा रहेका स्थानीय सरकारले समेत केन्द्रले कृषकका लागि गरेको कामप्रति प्रशंसा गर्ने गरेका छन् ।
कृषि प्रधान देश भए पनि कषकले उत्पादन गरेका सामाग्री निर्वाहमुखी मात्र हुने तर व्यवसायिक कम हुने भएकोले संकलन गरेर ल्याउन भने अत्यन्तै गाह«ो हुने गरेको सञ्चालक नेपाल बताउनुहुन्छ । रैथाने कृषि सामाग्रीलाई बढी प्राथमिकतामा राखेकै कारण अहिले यो केन्द्रमा ल्याएका सामाग्रीहरुको विक्री बढ्दो अवस्थामा छ । अहिले यहाँ एभोकाडो, किवी, मौरीको मह, संखुवासभाको सभा खोलामा पाइने अर्गानिक माछा, इलामको चियाँ, कोदो, जौ, जुनेलो, पापरको पिठो, जौको पीठोका साथै मौरी पालन गर्दा चाहिने आवश्यक सामाग्री लगायतका दर्जनौ सामाग्री यो सेन्टरमा राखिएका छन् । दैनिक १० हजारभन्दा माथि विक्री वितरण हुने गरेको छ ।े रैथाने कृ‘षि सामाग्रीमात्र हैन मोरी पालन कृषकलाई व्यवसायिक बनाउने प्रयासलाई यो केन्द्रले निरन्तता दिएको छ भने अनुदानमा मौरीका घारहरुसमेत यो केन्द्रले सप्लाई गरिदिने गरेको छ । कृृषि क्षेत्रमा राज्यले गर्नुपर्ने काम यो केन्द्रले गरेर उपभोक्तालाई स्वास्थ्यवद्र्धक कृषि सामाग्री उपलब्ध गराएको त भने कृषलाई व्यवसायिक बनाउन केही हदसम्म सहयोग समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया