गैरजिम्मेवार परराष्ट्र मन्त्री

परराष्टूमन्त्री आरजु राणाा देउवाका पछिल्ला अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण देखिएका छन् । एउटा जिम्मेवार ओहदामा बसेर गैरजिम्मेवारी अभिव्यक्ति दिनु हाँस्यास्पद मात्र नभएर नीतिगत भ्रष्टाचार समेत हो । राणाले भर्खरैमात्र चीनसँग विआरआइमा हस्ताक्षर गर्नु काँग्रेसको बाध्यता भएको बताएर राजनीतिक वृत्तमा आलोचनाको पात्र मात्र बनेकी छैनन् राजनैतिक परिदृश्यमा कच्चा खेलाडी भएको पनि प्रष्ट पारेकी छन् । विआरआइमा सम्झौता गर्नुपूर्व परराष्ट्रमन्त्री राणा चीन भ्रमणमा गएको कसैबाट छिपेको छैन । उनैले विआरआइमा सम्झौताका लागि चिनियाँ पक्षसँग संवाद गरेर महत्वपूर्ण पाटो टुंग्याएर फर्किएकी थिइन् । तर हाल आएर उनले विआरआइमा सम्झौता गर्नु नेपाली काँग्रेसको बाध्यता भएको बताएकी छन् । सत्ताको रस्वादनका लागि तल्लो स्तरसम्म गिर्नसक्ने उनकौ पछिल्लो अभिव्यक्तिले प्रष्ट पारेको छ । विआरआइमा सम्झौता नगरेको भए एमाले र माओवादी मिलेर सरकार चलाउथे भनेर तर्क गर्नु घिनलाग्दो अभिव्यक्ति हो । उनले उक्त अभिव्यक्ति त्यहाँ पुगेर पुगेर दिएकी छन् जहाँ सबैका नजर थिए । अर्थात केही दिन अगाडि भारतकौ बुद्धिजीविहरु सहभागी एक कार्यक्रममा त्यस्तो अभिव्यक्ति दिएकी हुन् । आफ्नो पदीय मर्यादाको ख्यालै नगरी एउटा बौद्धिक जमातको बीचमा त्यसरी अभिव्यक्ति दिनु पक्कै पनि उचित थिएन । विआरआइमा काँग्रेसले हस्ताक्षर ग¥यो भनेर गलत भास्य बनाइएको तर हस्ताक्षर नगरेको भए काँग्रेस सत्ताको भागबण्डाबाट पर हुने थियो भनेर थप तर्क गरेकी छन् । गठबन्धन बनाउनका लागि हस्ताक्षर गरेको भन्ने राणाले तुरुन्तै राजीनामा गर्नुपर्छ । नेपाली जनता राज्यबाट सुशासन, विकास, सुरक्षा, रोजगारी, चाहन्छन् तर सत्ता गठबन्धन जोगाउन गलत सम्झौता चाहँदैनन् । विआरआइ चीनको वहुद्धेश्यीय योजनामात्र नभएर ऋणको धराप पनि हो । नेपालका पूर्वाधार निर्माणमा चीनले जे जति आगामी दिनमा सहयोग गर्नैछ त्यो सबै ऋणमा उपलब्ध हुनेछ । त्यसै पनि चिनियाँ अर्थविद्हरुले भनिसकेका छन् विआरआइ ऋण सम्झौता हो । अनुमोदन होइन । हुन त आरजु राणालाई नेपाली काँग्रैस के हो भन्ने कुराको समेत राम्रो ज्ञान छैन । यिनले काँग्रेसका लागि के योगदान दिएकी छन् ? विगतका प्रजातन्त्रका आन्दोलनहरुमा यिनको कुनै भूमिका थियो ? पतिले गरेको लगानीको आडमा सत्तामा उदाएकी पात्रबाट धेरै ठूलो अपेक्षा गर्नु सकिदैन । गिरिजाप्रसाद कोइराला सत्तामा छँदा जसरी सुजाता कोइरालाको हालीमुहाली थियो आरजुको श्रृंखला पनि त्यतिमात्र हो । जस्ले पाटीेमा लगानी गरेको छ त्यसको मायाँ उसलाई हुन्छ । कोहीमार्फत सिढी चढेर सत्तामा हालीमुहाली गर्नेलाई केवल शान सौकतमात्र अपरिहार्य हुन्छ । एउटा परिपक्व राजनीतिकर्मी भइदिएको भए सत्ता गठबन्धन जोगाउन एउटा महत्वपूर्ण र दीर्घकालीन असर पु¥याउने सम्झौतामा हस्ताक्षर गरेको अभिव्यक्ति दिने नै थिइनन् । यस्ता मन्त्री वास्तवमै मुलुकका लागि घातक हुन् । मन्त्रीका अभिव्यक्ति आपत्तिजनक छन् । यसमा नैपाली काँग्रेसले नै सचेत हुनैपर्छ ।

तपाईको प्रतिक्रिया