लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर । पूर्वका विभिन्न ठाउँबाट प्रहरीर्ले लागू ओषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ मा लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापा वुद्धशान्ती गाउँपालिका–४ का २१ बर्षीय पुर्शुराम राईलाई २ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले भोजपुर हतुवागढी–३ का २२ बर्षीय निकश राईलाई १ किलो ४सय ग्राम गाँजा सहित र धनकुटाको शहिदभूमी–६ का २४ बर्षीय मिलन राईलाई १ किलोग्राम गाँजा, निषेधित औषधी ९ पिस सहित इलाका प्रहरी कार्यलय छिन्ताङले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया