इनरुवा/सिन्धुपाल्चोक माङखा र
राम्चेमा गएको पहिरोले सुनकोशी नदी थुनिएपछि सप्तकोशीमा आउन सक्ने बाढीको जोखिमबाट चनाखो रहन माइकिङ्ग गरिएपछि कोशी किनारका नेपाली बस्ती र भारततर्फका समेत सैयौ सर्वसाधारण सुरक्षित स्थानको खोजि गर्दै इनरुवा
सदरमुकाम आइपुगेका छन् ।
सुरक्षित स्थानको खोजीमा परिवारसहित आएका सैयौ भारतीय नागरिक यतिबेला सदरमुकाम इनरुवामा शरण लिएका बसेका छन् । उनीहरु आइतबार स्थानीय भगवती निमाविमा आएर बसे तापनि सोमबारदेखि बाढीको सम्भावना न्यून भएको भन्दै फर्कन थालेको जिल्ला प्रशासन कार्यालय इनरुवाले जनाएको
छ । केही भारतीय नागरिक परिवारसहित सुनसरीको लौकही, भुटाहा, इनरुवा, हरिनगरा लगायतका स्थानमा समेत आफन्तको
घरमा बसेका छन् ।
पहिरोका कारण सुनकोशीमा थुनिएको पानी एक्कासी फुटेर आएमा त्यसले नेपालका सात जिल्लाका ७३ वटा गाविसका बासिन्दा मात्र प्रभावित नभई भारतका चारवटा जिल्ला समेत प्रभावित हुने भएकोले सप्तकोशी व्यारेजका ५६ वटै ढोकाहरु खोलिएका छन् । ५६ वटै ढोका खोलिएपछि भारततर्फ पानीले बढी विनास गर्ने त्रासका कारण नेपालतर्फ आश्रय लिन आएकाहरुले बताएका छन् । व्यारेजका ५६ वटा ढोका खोलेपछि ९ किलोमिटर दक्षिणमा रहेको भारतीय बााधमा जोखिम बढेको भन्दै विहारका मुख्यमन्त्री जीवनराम माझी लगायतका अन्य पदाधिकारी आइतबार निरीक्षणका लागि वीरपुर आएका थिए । २०६५ साल भाद्र २ गते पश्चिम कुसाहास्थित भारतीय बााध फुट्दा पानीको बहाव २ लाख ६५ हजार क्युेक रहेको थियो । आइतबार कोशीमा पानीको बहाव १ लाख २५ हजार क्युसेक रहेको
व्यारेजस्थित प्रहरी चौकीले जनाएको छ । व्यारेजका सबै ढोका खोलिएपछि व्यारेजको नियन्त्रण कक्षमा पानीको वहावको
रेकर्ड नहुने भएकोले पनि पानीको मापन थोरै देखिएको हुनसक्छ, एक अधिकारीले भने ।
कोशी व्यारेजमा १२ लाख क्युसेक पानी नियन्त्रण गर्न सकने क्षमता भएपनि वालुवा भरिएका कारण उक्त क्षमतामा ह्रास आएको छ । हाल व्यारेजले दुई लाख क्युसेक पानीमात्र नियन्त्रण गर्न सक्छ । सुनकोशीको खतरा टरिनसकेकोले सुनसरीको चतरा, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीपुर, पश्चिम कुसाहामा उच्च शतर्ककता अपनाउने जिल्ला दैवी प्रकोप उद्धार तथा व्यवस्थापन समितिले निर्णय गरेको छ । यसका अलावा समितिले सप्तकोशीमा हाल डुंगा चलाउन समेत नदिने निर्णय गरेको छ । यसैबीच आइतबार वीरपुर आउनु भएका विहार राज्यका मुख्यमन्त्री जितनराम माझी कोशी व्यारेज निरीक्षणमा आउने भनिए तापनि उनी आएनन् । परराष्ट्र मन्त्रालयबाट विहारका मुख्यमन्त्री कोशी व्यारेज निरीषणमा आउने भनी जिल्ला प्रशासन कार्यालय सनसरीलाई Ïयाक्समार्फत जानकारी गराएपछि उनको सुरक्षा र स्वागगार्थ सुनसरीका सुरक्षाकर्मी बेलुका ५ बजेसम्म बसेपनि त्यसै फर्किएका थिए । मुख्य मन्त्री माझी कोशी व्यारेजमा नआई वीरपुरबाटै फर्किएका थिए ।
