संविधानको प्रारम्भिक मस्यौदामा अनगिन्ती त्रुटीहरु छन् सबै कुरा गुमाउनुभन्दा केही प्राप्ति होस् भनेर मस्यौदाको टुंगोमा पुगेका हौ–केसी

धरान/नेपाली कााग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् सभासद अर्जुननरसिंह केसीले नहुनु मामा भन्दा कानो मामा ठीक भनेझै सबै कुरा गुमाउनु भन्दा संविधानको मस्यौदामा अनगिन्ती त्रुटी भएपनि केही प्राप्ति होस् भनेर आफूह मस्यौदाको टुंगोमा पुगेको बताउनु भएको छ ।
संविधानको प्रारम्भिक मस्यौदामा सर्वसाधारणको राय, सुझाव संकलन गर्न अन्य सभासदरु आफ्नो क्षेत्रमा पुगिरहादा धनकुटा, तेह्रथुममा पार्टीको कार्यक्रम भ्याएर फर्कने क्रममा धरान आइपुग्नु भएको केसीले कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उक्त कुरा बताउनु भएको हो ।
नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको भेटघाट तथा
अन्तरक्रियमा कार्यकर्ताले मस्यौदाप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए । सो अवसरमा बोल्दै सभासद केसीले भन्नुभयो हामी इतिहासको चुनौतिपूर्ण अवस्था उभिएका छौं । चारदलबीच जेठ २५ गते भएको १६ बुादे सहमतिलाई निष्कर्षको विन्दुमा पुर्‍याउन बाध्य भयौं । प्रारम्भिक मस्यौदा प्रति कार्यकर्ता पक्तिबाट उठेको असन्तुष्टिप्रति मस्यौदाको प्रस्तावानामा भाषिक,
राजनैतिक त्रुटीहरु छन् । त्यसलाई सच्याउन तपाईहरुले संवेदनशील भएर दह्रो ढंगले सुझाव दिन आवश्यक छ ।
उहााले भन्नुभयो नेपाली कााग्रेसले वि.सं. २००७ साल देखि नै नेपाली जनताको अधिकार, स्वतन्त्रताका लागि संघर्ष गर्दै आयो तर हाल मस्यौदामा बहुलवाद नलेखी समाजवाद लेखिएको छ । अन्तत: समाजवाद भनेको साम्यवाद नै हो । लोकतान्त्रिक माध्यमबाटै लोकतन्त्र सिध्याउने षड्यन्त्र भइरहेको छ । बहुलवाद काागेसको आत्मा हो । वहुलवाद नभए त्यो कांग्रेसलाई मान्य हुादैन । उहााले भन्नुभयो मैले बारम्बार यस सम्बन्धमा आवाज उठाउदै आएको छु । तपाईहरु यिनै सवालमा आफ्ना धारण राख्दा मलाई अझ थप हौसला, ऊर्जा मिलेको छ । धर्म निरपेक्षताका सम्बन्धमा उहााले भन्नु भयो, धर्मनिरपेक्षता र सापेक्षताका सवालमा अल्मलिनु हुादैन । धार्मिक स्वतन्त्रता भनेको एउटा धर्मबाट अलग हुनु हो । त्यो हुनु हुादैन । घुमाउारो पाराले उहाालेपनि नेपाल हिन्दु राष्ट्र नै हुनुपर्नेमा जोड दिनुभएको थियो । उहााले अगाडि भन्नुभयो वडाअध्यक्षको निर्वाचन जनताबाटै हुनुपर्छ, अब बन्ने संविधानमा आदिवासी जनजाति, दलित, मुस्लिमहरुको अधिकार सुनिश्चित हुनुपर्छ । नेपालमा १ सय २६ जात र त्यति नै भाषा छन् । त्यसैले कुनै एउटा जातिको नाममा राष्ट्रलाई टुक्रन दिनु हुाादैन । हामी समग्र नेपाली हौं । जात जातिको द्वन्द्वले नाइजेरिया, इथियोपिया, रुवाण्डा हुनेछ । तयसैले कुनै एक जातिको नाममा प्रदेशको नामांकन हुन सक्दैन ।
केन्द्री सदस्य केसीले नेपाली काग्रेसको आशन्न १३ औं महाधिवेशनले आउने आगामी नेतृत्व सशक्त हुने विश्वास व्यक्त गर्दै १३ औं महाधिवेशन पश्चात भागबण्डाको राजनीति पार्टीमा नचल्ने बताउनु भएको थियो । अब पार्टीभित्र ४० र ६० को अस्तित्व रहादैन ।
सो अवसरमा नेपाली कााग्रेस धरान उपमहानगरपालिका सभापति किशोर राईले यतिबेला हामी सम्पूर्ण नेपालीले लामो कालखण्ड पशचात एउटा सुखद अनुभति गर्ने दिन आएको बताउनुभयो । उहााले भन्नुभयो प्रारमिभक मस्यौदामाथि दुई दिन भएपनि सुझा दिन गइरहेका छौं । मस्यौदामा के के रहनु पर्‍यो, के के छुट्यो, के थप्नुपर्ने छ त्यसमा हामीले निर्णय दिनुपर्छ, सुझाव दिनुपर्छ । उहााले भन्नुभयो राष्ट्रिय राजनीति संकटको बेला नेपाली कााग्रेसले निर्णायक भूमिका निर्वाह गर्दै आएको छ । उहााले थोरै आक्रोस व्यक्त गर्दै भन्नुभयो, आज प्रदेशको नामांकन र सिमांकन बिनाको संविधान ल्याउन खोजिदैछ यसले झन द्वन्द्व बढाउछ । राष्ट्रिय पार्टीले गर्न नसकेको काम भोलि प्रदेश सभाले गर्न सक्छ भन्ने के ग्यारेन्टी ?
नेपाली कााग्रेस सुनसरी क्षेत्र १ का कावा सभापति सुरेशमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेटघाट तथा विचार गोष्ठीमा आनन्द आचार्य, श्यामा रेग्मी, भिष्म काÏले, विकास आचार्य, हरिनाथ वास्तोलाले समेत बोल्नुभएको थियो भने सञ्चालन श्याम पोख्रेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया