झुम्काका कैदी बन्दीहरुलाई पुस्तक प्रदान

धरान । कारागार भन्ने वित्तिकै कैदीलाई राख्ने स्थानको रुपमा लिइने गरिएको छ । तर कारागारमा कैदी जीवन विताउनेहरुले समेत विगतका अपराधिक घट्नालाई विर्सेर जेलमुक्त भएपछि नयाँ जीवन विताउने सोचमा हुन्छन् । कारागारमा रहेका अधिकांश कैदीहरुले पठनपाठनलाई समेत अगाडि बढाउदै आएका छन् । यसैलाई मध्यनजर गरी धरानकौ एक संस्थाले सुनसरीको झुक्कास्थित कारागारामा पुस्तकसहित पुस्तक राख्ने दराज हस्तान्तण गरेको छ । पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोग तथाप लायन्स क्लब अफ धरान ग्लोरीको आयोजनामा सुनसरीको रामधुनी स्थित झुम्का कारागार पुस्तकालयको लागि पुस्तक–दराज सहित २ सय ५० थान विभिन्न पुस्तकहरु ह्स्तान्तरण गरिएको हो कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको उपस्थितिमा लायन्स क्लब अफ धरान ग्लोरीकी अध्यक्ष एकता श्रेष्ठको अध्यक्षतामा कार्तिक २४ गते दराज र पुस्तक हस्तान्तरण गरिएको हो । झुम्का कारागार एक बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस् भन्ने पवित्र उद्देश्यले विचार परिवर्तनमा सबै भन्दा महत्वपूर्ण भूमिका असल पुस्तकको हुने विश्वासका साथ बन्दीहरूको लागि उपयोगी विविध विषयको पुस्तक उपलब्ध गराईएका लायन्स क्लब अफ धरान ग्लोरीकी अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पुस्तक हस्तण्तरण कार्यक्रममा सुनसरी Þिजल्ला प्रहरी प्रमुख सुमन तिमसिना, जेलर ध्रुर्व रिजÞाल, रामधुनी नगरपालिकाका मेयर तथा उप–मेयरा, सशस्त्र प्रहरी बलका एस.पी. सुमेन्द्र बज्राचार्य, सशस्त्र कारागार प्रमुख–डि.एस.पी. आइन्द्र नेम्वाङ्गको उपस्थिति रहेको थियो । जस्ता उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै लायन्स क्लबकाका तर्फबाट लायन इन्द्र राजन खत्री, लायन विजय हरि शर्मा, लायन बबरजंग थापा, लायन लिला चिमरिया, लायन रमेश खत्री लगायतको रहेको थियो । सहयोगी संस्था पूर्वेली अन्तर्राष्ट्रिय समाजका अध्यक्ष सुवास लोहनी तथा संयोजक शिवजी श्रेष्ठले नेपाल बाहिर विभिन्न देशहरूमा कार्यरत यस पूर्व क्षेत्रका नेपालीहरू आबद्ध रहेको यो समाज आफ्नो मातृभूमिको लागि केही गरौं भन्ने उद्देश्यले गठन भएको बताउनुभयो । लायन्स क्लब अफ धरान ग्लोरीसंग सहकार्य गरी कारागारमा रहेका बन्दीहरूको जीवन परिवर्तनमा टेवा पु¥याउने पुस्तकहरू उपलब्ध गराउँन पाउंदा आफूहरुलाई खुशी लागेको बताउँदै प्रदान गरिएको पुस्तक अध्ययन गरेर यहाँका कैदी बन्दीहरुले ज्ञान पाउने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया