धरान/नेपाल भारत मैत्री संघ धरान विगत दश बर्षदेखि निस्कृय छ । नेपाल र भारतका नगारिकहरुबीच जनतास्तरबाटै सम्बन्ध सुदृढ गर्ने, आपसी सदभाव र विश्वास कायम गर्ने उद्देश्यले धेरै वर्ष अगाडि धरानका स्थानीय प्रवुद्ध वर्ग, उद्योगी, व्यवसायी समाजसेवीहरुको पहलमा यसको गठन गरिए तापनि १० बर्ष यता यसका गतिविधि सून्य भएको छ ।
दश बर्ष अगाडि नेपाल भारत मैत्री संघ धरालने नियमिति रुपमा कार्यक्रमहरु आयोजना गर्दे आएको थियो । तत्कालीन अध्यक्ष लक्ष्मणमोहन पलिखेको निधन भएपछि नरेन्द्र सोनीको अध्यक्षतामा गठन भएको नेपाल भारत मैत्री संघले दश बर्ष यता आफ्नै कार्यसमितिमा समेत मिटिङ्ग बोलाउन नसकेको कार्यसमितिका सदस्य विजय डाागाले बताउनुभयो । संघ संस्थामा आफ्नो आधित्य कायम गर्ने र अन्य संघ संस्थाका कार्यक्रमहरुमा आफ्नो आसन सुनिश्चित गर्ने बाहेक अन्य काम गरेको देखिदैन नेपाल भारतमैत्री संघले ।
नेपाल भारत मैत्री संध धरानलाई सक्रिय बनाउनुपर्छ भनदै यहााका उद्योगी, व्यवगसायी तथा समाजसेवीहरुले बारम्बार आग्रह गर्दा पनि अध्यक्ष सोनीले यसतर्फ कुनै चासो नदिएको कार्यसमितिकै अर्का सद्यसय बताउाछन् । काम गर्न पनि नसक्ने, पद पनि ओगट्ने गर्नु भएन भन्दै पद त्याग गरी अरुलाई हस्तान्तरण गर्नुहोस भभन्दा पनि नमानेको ती सदस्यको कथन छ । यस सम्बन्धमा बुझ्न अध्यक्ष सोनीसाग बारम्बार सपम्पर्क राख्दा पनि सम्पर्क हुन सकेन ।
