घण्टाघरबाट हेर्दा

देश टुक्रिन्छ रे
गिर्जाउको पालामा कााग्रेसमा ल्याइते अमरेश कुमार सिंहले भन्या अहिलकेो मस्यौदा अनुसार सविधान बने देशै टुक्रिन्छ रे । सनक सिंहका रुपमा चिचिने अमरेशलाई यस्ता गााठी कुरा कसरी थाहा भयो कुन्नि ? चार दलका सिण्डिकेटे नेताहरुले अबका मस्यौदा अनुसार संविाधन बने देशको विकास पनि फास्ट ट्रयाकमा हुन्छ, जनताले अभिकार पनि फास्टट्रयाकबाट पाउाछन् भनेर फालाकी रा’ बेला ती सनक सिंह अमरेशले चाहिा किन त्यसो भन्या होला ? अब घण्टाघरले कसको कुरा पत्याउने ? अमरेशको पत्याउा भने ती सनकसिंह हुन सिसण्डकेटको पत्या भने तिनको कसैलाई ज्यान गए विश्वास छैन । हुन त पुङ्ग न पुच्छरको कुरा गर्न सनक सिंहलाक्षर्् कसले भेट्ने ? वीरगञ्जतिर पुगेर उन्ले भन्या अब मधेशी नेताहरुले काठमाण्डौसागको सम्बन्ध तोड्नुपर्छ रे । अब नेपालमा एउटा सिके राउत हैन १० वटा सिके राउत जन्मछन्
रे । है हौ यी सनकसिंह खाली उचाल्ने र भत्काउने खेतिमात्र गर्छन् कि क्या हो हा ? जुन थालमा खायो त्यही थालमा आााची गर्ने भन्या यही हो ।
सभासद ट्वाँ
जनताको सुझाव संकलन गर्न गाउा नै नपुगी सहरमा यसो दुई चार घण्टा भलाकुसरी गरेर सुझाक स.कलनको विट मार्न आएका सभासदहरु जन्ताको हप्काई खाएपछि ट्वाा परेर फर्किएका छन् । ६ सात बर्षसम्म निदाएर बस्ने, कुर्सी हानाहान गर्ने, रातो पासपोर्ट काण्डको धन्दा गर्ने, ससद घेराउन गर्ने, अनसन बस्ने, राज्यको कोषबाट विदेश ढौटरी मर्ने अनि दुई दिन मस्यौदा बोकेर जिल्लामा बबरालिदा सुझाउ बटुलिन्छ भनेर भनेर सोको झारेको दृश्य कम्ता रमाइलदो छैन अझ मधेशतिरको सभासदहरुको कम्ता विजोग छैन चार दलका सभासदहरु आफ्ना स्वामीको आदेश रिोपर गरेर अमिलो मुख लगाएर तराई झर्‍या थे । अन्तमा तिन्को रिविजोगै भयो तराईतिरका जब्बरहरुले सभासदको हतौबाट मस्योदा खोसेर जलाई दिए । सभासद जोगाउ कि मस्यौदा जोगाउ
प्रहरीलाई कम्ता हम्मे परेन ।
आन्दोलन
अब त केही होला नयाा संविधान आउन लाग्या छ भनेर अलिकता आशा पलाएको थ्यो अन्तत : उही हिस्सा बूढी हरियाा दाातत होला जस्तो छ । बलिया, बांगा, पाखुरी सबै विदेशतिर लुते लङ्गडा गाउातिर तयो पनि असारा बेला । अब कोशौ हिडेर लुते लंगडा प्रारम्भिक मस्यौदामा सुझाउ दिन आइपुग्दैनन् चार दले कार्यकर्ताले जे जे भन्छन् त्यही केरकार पारेर लैजाने दाउमा भएकाहरुले सझुाउलाई टयाक्क ठट्याक्क संविधानमा समेट्छन् भन्ने कसलाई विश्वास छ र ? वाहियात नाटक । त्यै भेर होला राप्रपा नेपालका मुखिया कमलाउहरुले भक्तपुरमा धर्मनिरपेक्ष खुख्यााचाको पुत्ला दहन गरेछन्े । उता विराटनगर पुगेर सुन्दरमणि दीक्षित,प जयराज आचर्याहरुले हिन्दु धर्मलाई संविधानमा नराखे आन्दोलन गर्ने धम्की दे छन् । बालकृष्ण न्यौपाने, रुकमांगत कटुवाल, कुमारबहादुर थापाले हिन्दु राष्ट्र नभए नेपालीहरु एक हातमा शास्त्र र अर्को हातमा अस्त्र लिएर आन्दोलनमा आउने धम्की दिइसक्या छन् ।
सुजुको सनक
हैन हौ ती सुजु जोष्ठलाई कहिलेकााही के हुन्छ हा ? त्यो अर्थमन्त्री डा. रामशरण महतसाग किन त्यतिविधि रिस उठ्या हा ? अर्थमन्त्रीलाई तुरुन्तै हटाउनुपर्छ भनेर उन्ले अस्तिका दन भाषन छाटिछन् । सुजुलाई रि ससठ्ने त्यस्तो के काम गरेछन्् महतले ? पक्कै सुजुले मागे जति पैसो अर्थमन्त्री महतले देनन् होला । नत्र हाटाउनुपर्छ भनेर किन बोल्थिन । धन्न महतका दिन बलिाय ा यतिबेला गिर्जाउ भइदिया भए सुजुले महतलाई एकै चुट्कीमा हटाउथिन् । जोगिए महत । हुन त महत पन कम्ता बांगा छैनन् । तिनको त्यही बाागोपनलाई सहन नसकेर सुजुलवे त्सो भनेको होलिन् । कि कसो हौ ?
जोगीको बास जंगल
मुक्तिनाथ पीठाधीस भै टोपल्या स्वामी कमलनयनाचार्यले अस्तिका दिन भ न्या जोगी जंगलमा नबसेर कहाा बस्छ त ? कमल नयननले गतिलै कुरा गर्‍या हुन् भने उतै लडीबुडी गर्नु नि । सहर पसेर दुनियाालाई टेन्सिन । चितवन राष्ट्रउ निकुञ्जको वन मासेर मन्दिर, धर्मशाला, आश्रम बनाएछन्, भक्तपुरमा पनि जंगल मासेर त्यसै गरेछन् । चितवन राष्ट्रिय निकुञ्जले उन्का एक चेलालाई समातेर थुन्देछन् । नेपालका नेताहरुको साथ समर्थन पाएका कमल नयनले प्वाक्क भन्देछन् जोगीको बासै जंगलमा हुाछ । जंगलमा मठ मन्दिर नबनाए कहाा बनाउने त ? अब हेर्नुछ कमल नयन सहर छोडेर कहिलेदेखि जंगलमा पस्ने हुन ? कि कसो हौ स्वामी जी ।
डिभी, पिआरवाला
लालबाबु यतिबेला डिभी, पिआरधारी कर्मचारीका लागि कालबाबु भएर निस्केका छन् । नेपालको तलब भत्ता खाएर विदेशमा बस्ने सपना बुनेर गोप्य रुपले डिभी, पिआर लिएकाहरुको यतिबेला निन्द्रा हराम भएको छ ।
विचराहरुलाई न रातमा निन्द्रा छ न दिनमा चयन । यता भ्रष्टाचार गरेर टन्न कमाएको माल अमेरिका पुगेर बसी बसी खर्च गर्ने तिनेरको सानो सपना थिएन । त्यस्ता कर्मचारीलाई तीन महिनाभित्र खुस्काउने चेतावनी लालबाबुले दे’सी उनीहरुमा ठूलै रुवाबासी चल्या छ । कतिले त जागिरबाटै राजीनामा दिइसकेका छन्े । कालबाबुले भन्या त्यस्ता डिभी र पिआरवालाहरु नेपालमा १० हजार भन्दा ज्यादा छन् रे । एक हजारले राजीनामा दे’सी ९ हजार ढल्लै रहन्छन् । ती सप्पैले राजीनाम दे भन्देखी १० हजार युवाले रोजगारी पाउाछन् । त्यसैले पिआर र डिवीधारीले लालाबाबुलाई अनेको धम्की द्या द्यै छन् रे । मान्छे अंगारको ठुटो जस्तो भएपनि लालबाबुले काम चाहिा साह्रै उत्तम गरे । मान्नैपर्छ
लालबाबुलाई ।
थापाले ठीकै भने
नेप्लीज कााग्रेसका आगो खाएर अंगार विष्ट्याउने गगन थापाले भन्या संविधान मस्यौदामा सुझाव संकलन नाटक हो रे । अरबौ खर्च गरेर कर्मचारी र सभासदलाई डेटिङ्गमा पठाउने काम मात्र हो रे । कुनै सुझाउहरु समेटिदैन रे । हरे शिव † जनताले यो सुझाव नसमेटिने हो भने नाटक किन मञ्चन गर्‍या होलान् ? जताबाट पनि मालै खाने । सविधानसभाको निर्वाच्न गर्दा झण्डै ३४ अर्ब खर्च, ६०१ लाई पाल्दा ट्कन्टाक भएर विदेशीसाग हात फैलाउनु परेको छ । एउटा संविधान लेख्न यतिका बर्ष लगाउनेलाई दुई दिनमा जन्ताको सुझाव संकलन गर्छु भन्दा थापाले फुइय्या पत्याउथे ?
ठग्न पाम
हैन हौ यो हाम्रो देश त्यसै खल्यात खुलुत खुइलिएको हैन नि । यहाा के चाहिा हुादैन भन्या ? अब
हेरम न ती मेनपार व्यवासयीले देशका युवाहरलई आची आउने गरी निचोरेर बाहिर पठाउदै आथे । अब सरकारले नै युवाहरुलाई फ्रि भिसा, फ्रि टिकटमा पठाउने तारतम्य मिलाएपछि ती मान्छे बेचुवा कम्पनकिा मुखियाहरु आन्दोलनमा उत्रिएका छन् । उनेरका माग पनि ख्याल गजबको छैन । विदेशमा जाने युवाहरलई हाम्ले ठग्न पाउनै पर्छ
रे । त्यो हुतिहार सरकारले के भद्रो हेरेर बस्या हो कुन्नि ? कर्‍यापकुरुप समातेर गोर्खे लौरी कस्नु नि ।

तपाईको प्रतिक्रिया