बरिष्ठ पत्रकार किशोर नेपालद्वारा अभयका अंग्रेजी कविता अनुवाद

राजधानी/एउटा विशिष्ट कुटनीतिक क्षेत्रमा समर्पित भएर पनि कविको छवि बनाएका भारतीय राजदुतावासका प्रथम सचिव अभयकुमारले शुक्रबार थिएटर भिलेजमा कविता बाचन गर्नुभयो ।
अभय कुमारले केही समय अगाडि प्रकाशित गर्नुभएको कविता संग्रह “जात्रा” मा समेटिएका कविताहरु वाचन गर्नुभएको थियो । राजधानीको लाजिम्पाद उत्तर ढोकास्थित रहेको थिएटर भिलेजले आयोजना गरेको हेरिटेज पोयट्रीमा अभयले आफ्ना कविताहरु सुनाउनु भएको थियो ।
कविता वाचनमा बरिष्ठ साहित्यकार एवम् कवि सरु भक्त, प्राज्ञ एवम् साहित्यकार अभि सुवेदी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । नेपाली जनजीवनका अभिन्न हिस्सालाई आधार बनाएर लेखिएका कविताहरु बाचन गर्दा, पाश्र्वमा नाइट संगीत समूहका जेसन कुावर, फोटो पत्रकार दिपेन्द्र बज्राचार्यले पर्दामा प्रस्तुत गरेका तस्विरले कार्यक्रमलाई थप आकर्षक, कौतुहलता र रनक थपेको थियो ।
अंग्रेजी भाषामा लेखिएका अभय कुमारका कवितालाई बरिष्ठ पत्रकार किशोर नेपालले नेपालीमा अनुवाद गर्नुभएको थियो । जात्रा कविताबाट कविता वाचन थालेका अभयले आफ्नो कुटनीतिक व्यस्थर्ता सागसागै एउटा कविको छवि बनाएको प्रष्ट हुन्थ्यो । उहााले वाचन गरेको कवितामा नेपाली सास्कृति, नेपाली सम्पदा, यहााको भाषा, जनजीवनको झल्को आउथ्यो । उहााले आफ्ना कविता नेपाली सास्कृति, सम्पदा, जनजीवन, यहााका जात्रा, पर्व, मेलापात, स्थानहरुको सचित्र वर्णन गर्नुभएको छ । खासगरी कवि अभयले जात्रा कविता संग्रहमा वैसाख १२ गते गएको महा विनासकारी भूकम्प भन्दा अगाडि लेखिएका कविताहरु समेट्नु भएको छ । भुकम्पले नेपालका ऐतिहासिक सम्पदाहरु आज ध्वस्त बनाएको अवस्थामा ती सम्पदाहरुको तस्विर सहित कविता वाचन गर्दा ध्वस्त संरचनाहरु मानस पटलमा झल्झल्ती नाच्न आइपुग्थे ।
उहााले पशुपतिनाथ शीर्षकको कविता वाचन गर्दा गर्दै उपस्थित स्रोताहरु पशुपतिनाथको पेरिफेरीमा मात्र सीमित भएनन् । अभयको कवितासागै स्रोताहरु पाटन, भक्तपुर, जनकपुर, लुम्बिनी, मुक्तिनाथसम्मको परिकल्पनामा डुबेका थिए । आफूलाई कुटनीतिक क्षेत्रमा मात्र सीमित नराखी कविता वाचनमा सक्रिय अभयप्रति छोटो टिप्पणी गर्दै साहित्यकार सरु भक्तले भन्नुभयो, अभयका कविता सटिक छन्, छोटा छन् तर मन मस्तिष्क छुने शक्तिशाली छन् । प्राज्ञ अभि सुवेदीको टिप्पणी सरु भक्तको भन्दा अलि फरक थियो । उहााले भन्नुभयो, भारतीय
राजदुतावासमा यस भन्दा अगाडि पनि कविको छवि भएका कुटनीतिज्ञहरु आए तर उनीहरु कहिल्यै बाहिर आएनन् । नेपाको धर्म, सास्कृति, ऐतिहासिक सम्पदा, उकाली, ओराली, देउिराली, भन्ज्याङ्ग, गाउा, बेसी आदिका सम्बन्धमा कहिल्यै कविता नलेखेको आफ्नो स्मरण सुनाउनुभयो । उहााले भारतका प्रसिद्ध साहित्यकार शिव मंगलसिंह सुमन कुटनीतिज्ञका रुपमा नेपालमा बसे पनि अभयकुमारले जस्तो कविता नलेखेको स्मरण सुनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया