धरान । राष्ट्रिय महत्वको, भारत र चीन जोड्ने कम दूरीको, सामरिक दृष्टिले समेत महत्वपूर्ण वहुप्रतिक्षित खाँदबारी किमाथांका सडक एक बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । भारतको जोगबनी र चीनको सिजाङ्ग प्रान्तसँग जोडिने नेपाल चीन सीमा नाका किमाथांका सडक खण्डमा यतिबेला संखुवासभाको खाँदबारीबाट च्याम्ताङ्गसम्मको १३४ किमी सम्म साना ठूला सवारी साधनको सहज पहुँच भएको छ । खाँदबारी किमाथांका सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङ्गका अनुसार बाढी, पहिरो र मनसुनमा ब्लक भएका सडकको च्याम्ताङ्गसम्म सफा गर्ने काम आइतबारसम्मा सम्पन्न भएको छ । हाल ब्लक भएको ट्रयाकहरुबाट ढुंगामाटो हँटाएपछि १३४ किमी सम्म सवारी साधनहरु सञ्चालनमा आएका छन् । बरुण नदीसम्मको ८० किमी र त्यसभन्दा माथिको ५४ किमी सडकको अवस्था राम्रो छ, गुरुङ्गले भन्नुभयो । पहिला खाँदबारीदेखि अरुण नदीसम्म मात्र सवारी साधन सञ्चालनमा थिए । च्याम्ताङ्ग–घोङगोप्पा सम्मको १०.५ किमी सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । २०७६ सालदेखि नेपाली सेनाले च्याम्ताङ्ग–घोङ्गगोप्पा बीचको अत्यन्तै कडा चट्टान भएको शंखेभीरको ट्रयाक बर्षिक लक्ष्य अनुसार खोलिरहेको छ । हालसम्म नेपाली सेनाले साढे ८ किमी सडकको ट्रयाक खोलिसकेको छ । आयोजना प्रमुख गुरुङ्गका अनुसार सेनाले यसै आर्थिक बर्ष भित्रमा ट्रयाक ब्रेकथु्र गर्ने भन्ने सुन्नमा आएको छ । यद्यपि म भर्खरै आएको हुँदा नेपाली सेनाको सम्बद्ध पक्षसँग भने यस विषयमा वार्ता नभएको गुरुङ्गले बताउनुभयो । उहाँले भन्नुभयो खाँदबारी देखि बरुण नदीसम्मको ८० किमीमा रहेको बरुण पुल निर्माण सम्पन्न भइनसकेकोले हाल त्यहाँ डाइभर्सनको काम भइरहेको छ । यसका लागि ह्युमपाइपहरु उक्त ठाउँमा पु¥याउने काम भइरहको छ । साथै यस बर्ष बरुण नदीको पुलको काम समेत सम्पन्न गर्ने लक्ष्य रहेको छ । यसका लागि हाल म्यानुÏयाक्चरिङ्ग र ट्रष्टको काम भइरहेको छ । सम्भवत ः माघ महिनासम्म ट्रष्टको काम सम्पन्न गरी चैत्रदेखि बरुण नदीको पुल सञ्चालनमा आउँछ ।


घोङ्गगोप्पादेखि किमाथांका सम्मको सडकको अवस्था कस्तो छ त भन्ने सम्बन्धमा आयोजना प्रमुख गुरुङ्गले भन्नुभयो सडकको ट्रयाक पहिला नै खुलिसकेको हो । घोङ्गगोप्पादेखि किमाथांका सम्मको १७ किमी सडकको ट्रयाक पहिला नै खुलिसकेको भएपनि त्यसलाई अपग्रेट गर्नुपर्ने हुन्छ । ट्रयाक खुले पनि त्यो अत्यन्तै साँघुरो छ, अधिकांश स्थानमा पहिरो ट्रयाक बिगारेको छ । प्रमुख अुनसार नेपाली सेनाले खोलोको ट्रयाक उसले आयोजनालाई हस्तान्तरण नगरेसम्म अगाडिको सडकको अपग्रेट गर्न गाह«ो हुन्छ । सेनाले खोलेको ट्रयाकलाई पनि अपग्रेडटेशन, ब्लाक टप गर्ने त्यसलाई समेत समेटेर १४५ देखि १६२ किमी सडकको अपग्रेट गर्नुपर्ने हुन्छ । अपग्रेट गरेर ग्राभेल गर्ने या पिच गर्ने त्यसको ठेक्का गर्नका लागि हामी डिपिआर अगाडि बढाइहाल्छौं । जबसम्म नेपाली सेनाले हेन्डओभर गर्दैन, उहाँहरुको ट्रयाक कुन विन्दुमा गएर इन्ड हुन्छ, कुन प्रोफाइलमा पेश भएको छ त्यसलाई फेरि रिभिजन गर्नुपर्छ कि पर्दैन त्यो सबै हेर्नुपर्ने हुन्छ । खाँदबारीदेखि किमाथांकासम्मको १६२ किमी सडकमा जम्मा २३ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । जसमा हालसम्म १० वटा पुलहरु बनिसकेका छन् भने एउटा निर्माण सम्पन्न भएको ऐक्वा खोलाको पुल हालैको अविरल बर्षाका कारण वासआउट भएको छ । यो पुलको यसै बर्ष भित्र डिपिआर अपग्रेट गर्छौ र त्यसको खरिद प्रक्रिया अर्को बर्षमात्र अगाडि बढाउने आयोजना प्रमुख गुरुङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो वासआउट भएको ऐक्वा खोलाको पुल माथि पहिरोको जोखिम कायमै छ । चालु आर्थिक बर्षमा ४ वटा पुलको डिपिआर गरिएको छ र त्यसको अपग्रेट हुँदैछ । यसका लागि कन्सल्टेन्सीसँग परामर्श भइरहेको छ । ति चारवटा पुलमा खाँदबारीबाट ९६ किमी अगाडिको च्याम्जुङ्ग खोलाको पुल, १०३ किमी अगाडि सोनाङ्ग खोलाको पुल, १११ किमी अगाडिको सेजु खोलाको पुल र १२२ किमी अगाडि रहेको हाङदाङ्ग खोलाका पु्लहरु हुन् बाँकी बन्ने ९ वटा पुलको डिपिआर गर्नुपर्ने हुन्छ ।
