काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावासले भारतका राष्ट्रपिता तथा भारत छोडो आन्दोलनका प्रणेता महात्मा गान्धीको १५५ औं जन्म जयन्ति हिजो धबार एक विशेष कार्यक्रमका साथ मनाइएको छ ।



सो अवसरमा भारतीय दुतावास परिसरमा रहेको महात्मा गान्धीको पूर्ण कदको प्रतिमामा नेपाल स्थित भारतीय राजदुत नविन श्रीवास्तवले पुष्पाहार अर्पण गर्नुभएको थियो भने सुरसुधा व्याण्डकी सुश्री सरस्वती खत्रीले महात्मा गन्धीप्रति समर्पित सुमधुर भजन र सांगीतिक रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपालमा चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । राजदुत श्रीवास्तवले उक्त समारोहमा दुतावासका सफाइ कर्मचारीहरुलाई सम्मान समेत गर्नुभएको थियो ।
