लगातारको बर्षाले सब्जीको भाउ आकासियो

धरान । केही दिन अगाडिदेखि निरन्तर आएको बर्षाद्ले सडक सञ्जाल अवरुद्ध हुदा धरानमा सब्जीको मूल्य आकासिएको छ । पूर्वी पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट आउने सागसब्जी बर्षाद्ले बारीमै नष्ट नगरिदिएको र सडक सञ्जाल अवरुद्ध हुदा बजारसम्म सागसब्जी आइनपुगे कारण बजारमा आउने भन्दा खपत बढी हुदा मूल्य आकाशिएको कृषि उपज बजारले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विष्णु आचार्य भान्सामा दैनिक चाहिने सागसब्जी किन्न जाँदा बजार भाउ सुनेर छक्क पर्नुभयो । अरु बेला ४० देखि ५० रुपैयासम्म पर्ने टमाटार होलसेलमै १ सय १० र खुद्रामा किन्दा १ सय ५० सम्म पर्ने भएपछि सर्वसाधारणले किनेर खान नसक्ने अवस्था आएको उहाँको भनाई छ । दैनिक भान्सामा चाहिने सागसब्जीको भाउ अचाक्ली बढ्दा धान्नै मुस्किल हुने उहाँको भनाई छ । उहाँमात्र हैन बजारमा पुग्नु भएका रत्न रिमालको भनाई पनि विष्णु आचार्यको भन्दा फरक छैन । उहाँले सडक अवरुद्ध हुदा ढुवानी गर्न गाह«ो भन्दा पनि अहिले चाडपर्वको मौकामा पनि मूल्य वृद्धि गर्ने प्रवृत्ति बर्षेनी हुने गरेको बताउनुभयो । अहिले बर्षाद्को बहानामा मूल्य तीन गुणा बढे पनि स्थानीय सरकार मातहत हुने हुन नसक्दा उपभोक्ताहरु मारमा परेको उहाँको भनाई छ । बर्षाद्का कारण ढुवानीका साधन सहज रुपमा पुग्न नसक्नुले सब्जीको भाउ आकासिएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ । चाडवाडमा माग धेरै हुनु, कृषकले उत्पादन गरेको सागसब्जी बर्षाले बारीमै बगाएर लगिदिनु र उत्पादन भएको सागसब्जी पनि बाटोका कारण बजारसम्म आइनपुग्नु सब्जीजन्य वस्तुको मूल्य बृद्धि हुनु मुख्य कारण रहेको उहाँको भनाई छ ।

यता व्यपारीहरु भने आफूहरुले महंगीमा खरिद गर्नुपर्ने बाध्याता रहेको र आफूले खरिद महंगोमा खरिद गर्दा उपभोक्तालाई पनि महंगोमै विक्री गर्न बाध्य हुनुपरेको बताएका छन् । उनीहरुले अहिले उत्पादन कम हुदा माग धान्नै गाह«ो हुदा कृषिजन्य सामाग्रीको भाउ आकासिएको व्यापारी रञ्जित चौधरी बताउनुहुन्छ । यो सिजनमा कृषिबजारमा बजारमा पूर्वी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, संंखुवासभा, ताप्लेजुङ, संखुवासभा, भोजपुर लगायतबाट सब्जीजन्य सामाग्री आलु, गोलबेडा, काक्रा, गाजर, मुला, काउली, घिरौला, अकबरे खोर्सानी, लौका लगायतका सामाग्री आउने गरेका छन् । दैनिक हरियो १ सय मेटिक टन आउनुपर्ने तर आधा मात्र आउन गरेको जनाएको छ । त्यसमा पनि टमाटर भने विगतको भन्दा १० देखि १५ प्रतिशतमात्र कृषि बजारमा भित्रिने गरेको छ । नेपालमा उत्पादित टमाटरले माग धान्न नसकेकोले भारतमा उत्पादन भएको टमाटर कृषि बजारमा भित्रिन थालेको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराइले बताउनुभयो । सहजवातावरण भएको अवस्थामा यो सिजनमा तराईबाट २० प्रतिशत सब्जी भित्रिने गरे पनि लगातारको बर्षादले कृषि क्षेत्र नै डुबान हँुदा तराईबाट उत्पादन भएका सामाग्री समेत कृषिबजारले जनाएको छ ।

तपाईको प्रतिक्रिया