धरान । दशौ संविधान दिवसका अवसरमा धरान १६ स्थित गणेशमानसिंहको प्रतिमा परिषरमा द्विप प्रज्वलन गरिएको छ । नेपाली काँग्रेस धरान वडा नं. १६ को आयोजनामा आयोजित द्विप प्रज्वलन कार्यक्रमलाई नेपाली काँग्रेस प्रदेश महामन्त्री उमेश थापाले सम्बोधन गर्नुभएको थियो । उहाँले भन्नुभयो २०७३ सालमा सविधान जारी हुँदा एउटा पक्षले असहमति जारी गर्दै महिनौसम्म विरोधका कार्यक्रम गरेको थियो । तर आज त्यसरी विरोध गर्ने सबै समूहहरुले नेपालको संविधानलाई आत्मसात गरेका छन्, स्वीकारेका छन् । यो सबैभन्दा ठूलो उपलब्धी भए पनि सत्तासीन राजनैतिक दलहरुले संविधानको भावना अनुरुप जनताका भावना अनुरुप मुलुक सञ्चालन नगरिदिँदा वर्तमान शासन व्यवस्थाप्रति नै वितृष्णा जाग्न थालेकोले वर्तमान शासकहरु संवेदनशील हुुनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस धरान नगर समितिका सचिव हिमाल श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त द्विप प्रज्वलन कार्यक्रमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव माधव घिसिङ्ग, क्षेत्र न. १ का सभापति सुजेन्द्र तामाङ, क्षेत्र नं. १ ‘क’ का सभापति मुरारी भट्टराई, ‘ख’ का सभापति अनिल श्रेष्ठ, कोशी प्रदेश सांसद ममता तामाङ्ग, अञ्जना राई, पार्टीका जिल्ला सदस्यहरु जनवर्गीय संगठनहरुका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
