भारत सरकारको १ करोड १३ लाखको लागतमा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाण्डौ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्मित भक्तपुरको सूर्य विनायक नगरपालिकास्थित महेन्द्र शान्ति माध्यामिक विद्यालय भवनको सोमबार समुद्घाटन गरिएको छ । भारत सरकारको १ करोड १३ लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित उक्त विद्यालय भवनको भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद दुर्लभ थापा क्षेत्री, भक्तपुर जिल्ला समन्वय समितिका सभापति इश्वरबहादुर थापा, सूर्य विनायक नगरपालिकाका उपप्रमुख श्रीमति सरिता तिम्सिना (भट्टराई) र काठमाण्डौस्थित भारतीय राजदुतावासका प्रथम सचिव अविनाशकुमार सिहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा विभिन्न राजनैतिक पार्टीका स्थानीय नेता, कार्यकर्ता, नेपाल सरकारका अधिकारीहरु, स्थानीय समाजसेवीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका पदाधिकारीहरु, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त विद्यालय भवनमा आवश्यक सम्पूर्ण सुविधासहित तीन तला रहेको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइएको थियो । उक्त परियोजनाको जिल्ला समन्वय समिति भक्तपुर मार्फत कार्यान्वयन गरिएको थियो ।
सो अवसरमा प्रतिनिधिसभाका सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका सभापति इश्वरबहादुर थापा, सूर्य विनायक नगरपालिकाका उपप्रमुख श्रीमति सरिता तिम्सिना (भट्टराई) राजनैतिक दलका प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भारत सरकारले् प्राथमिकताका क्षेत्र पहिचान गरी नेपाली जनताको उत्थानका लागि पु¥याउँदै आएको निरन्तर विकास सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।


सन १९५२ सालमा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको महेन्द्र शान्ति माध्यामिक विद्यालय सन् १९९५ मा माध्यामिक तहमा स्तरोन्नति भएको थियो । उक्त विद्यालय भत्तलपुर जिल्लाको सबैभन्दा पुरानो विद्यालय हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा ८ सय विद्यार्थीहरु रहेका छन् । जसमा ४५ प्रतिशत छात्राहरुको संख्या रहेको छ । महेन्द्र शान्ति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा, सुविधा नव निर्मित भवनले प्रदान गर्ने भारतीय राजदुतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उक्त उद्घाटनका अवसरमा विश्वास व्यक्त गर्नुभयो । साथै सुविधा सम्पन्न नव निर्मित भवनले सिकाइको राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शैक्षिक विकासमा योगदान पु¥याउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । दुतावासद्वारा सोमबारै जारी विज्ञप्तीमा भनिएको छ भारत नेपालको निटकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र वहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाका कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको छ ।

तपाईको प्रतिक्रिया