होटल सन्ध्या इन पुन : सञ्चालनमा

धरान । होटल तथा पर्यटनको क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गर्दै आउनु भएका रविन अधिकारले पाँच महिना पश्चात नयाँ साज सज्जासहित स्टार होटलको सुविधा समेत प्रदान गर्ने उद्देश्यले होटल सन्ध्या इन पुन ः सञ्चालनमा ल्याउनु भएको छ ।

विगत १३ बर्षदेखि होटल व्यवसायमा संलग्न रहँदै आउनु भएका अधिकारीले धरान ८ बगरगाछीमा होटल सन्ध्या पुन : सञ्चालनमा ल्याउनु भएको हो । एकल सञ्चालनमा ल्याउनु भएको होटल सन्ध्यामा हालसम्म एक करोड ५० लाख लगानी गरिसक्नु भएको छ भने लगानी अझ बढ्ने उहाँ बताउनुहुन्छ । धरानमा विगत केही बर्षदेखि पर्यटकहरुको आगमन कम हुँदै गएको, आर्थिक मन्दी चलिरहेको अवस्थामा डेढ करोड लगानी गर्दा जोखिम मोलेको जस्तो लागेको छैन त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो स्वभाविक रुपमा लगानी एक प्रकारले जोखिम नै हुन्छ । कुनै पनि लगानी शत प्रतिशत सुरक्षित हुँदैन । तर धरान पर्यटकीय दृष्टिले अलिकति सम्भावित क्षेत्र भएकोले लगानी गरेको हुँ । अर्को कुरा सधैभरि यो अवस्था समेत नरला । यसले पक्कै पनि व्यवसायिक स्वरुप लेला भन्ने आशा र धरान एउटा पर्यटकीय केन्द्र बन्छ भने विश्वासले लगानी गरेको हुँ । तपाईले पुन ः सञ्चालनमा ल्याउनु भएकोले होटल सन्ध्या इनले कस्ता पाहुनालाई लक्षित गरेको छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो धरानमा आउने लगभग भारतीय पर्यटक नै हुन् । यसका अलावा नेपालकै पश्चिमका मानिस पनि धरान भन्ने वित्तिकै एकपटक जाऔ न त हेरौ भनेर आउनु हुन्छ । ८० प्रतिशत त भारतको त्यसमा पनि विहार, युपी, सिक्किमका पाहुनाहरु आउने गर्नुुहुन्छ । हाम्रो होटलमा के कस्ता सुविधा छन् त ? भन्ने सवालमा उहाँले भन्नुभयो–खासगरी लम्जरियस सुपर डिलक्स रुम, डिलक्स रुम, कमर्सियल रुमहरु छन् । होटलमा १५ सय देखि ५ हजार सम्मका रुम छन् । रुमहरुमा सामान्य वाथरुमदेखि लिएर वाथटप सहितको एसी रुमहरु छन् । गेष्टलाई चाहिने रेष्टुरेन्ट, कफिसप, खुल्ला वातावरण गेष्टहरुले मन पराउने भएकोले स्पेश, पार्किङ पनि प्रसस्त छ । मंगलबारबाट सञ्चालनमा आएको होटल सन्ध्या इनको कोशी प्रदेशका सांसदद्वय विजय राई रमेश बस्नेतले एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको थियो । सो अवसरमा विभिन्न राजनीतिक दलका स्थानीय नेतृत्व, समाजसेवी, उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन होटल व्यवसायी बासुदेव बरालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया