विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा लगाउनुपर्ने जोड

धरान । अध्ययनसँगै अतिरिक्त क्रियाकलालाई विद्यालयले समावेश गर्दा विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढ्नुका सार्थ विद्यार्थीको वृत्ति विकासमा समेत सहयोग पुग्ने भएकोले धरान उपमहानगरपालिकाले धरानमा रहेका नीजि तथा सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउन निर्देशन दिएको छ । उपमहानगरपालिका शिक्षा महाशाखाले मानव अधिकार आयोगले पठाएको परिपत्र अनुसार सबै विद्यालयका विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समवेश गराउन निर्देशन दिएको हो । अध्ययनसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउन मानव अधिकार आयोगले धरान उपमहानगरपालिकाको शिक्षा महाशाखामा पठाएको पत्रको पालना गर्दै सबै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउन शिक्षा महाशाखाले निर्देशन दिएको हो । शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले धरानमा रहेको किराँतेश्वर माविको ५१ औ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सो कुरा बताउनुभएको हो । उहाँले बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सबै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा
यस्तै धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले यो सामुदायिक विद्यालय यहाँका नागरिकको सहभागितामा सामुदायिक विद्यालय भएपनि अब्बल विद्यालय बन्न सकेकोमा विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो ।

धरान १९ बालकचौकमा रहेको यो शैक्षिक सत्र ०७९÷०८० देखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषयको अध्यापन शुरु गरेको विद्यालयका प्रद्यानाध्यापक योगेन्द्र पालुङवाले जानकारी दिनुभयो । विद्यालयलाई व्यवस्थित बनाउन दाताहरुकै सहयोगमा डिजिटल बोर्ड र सिसी क्यामरा जडान पनि गर्न लागिएको उहाँले जानकारी दिनुभयो । विद्यालयको बार्षिकोत्सवमा विद्यार्थीहरुलाई हाजिरी जवाफ, खेलकुदका कार्यक्रमहरुमा समेत समावेश गरिएको थियो । २०३० सालमा स्थापना भएको यो विद्यालय सधै अरुको अपेक्षामा भर पर्नु भन्दा पनि विद्यालयको व्यवस्थापन र संचालनमा सहयोग पुग्ने उद्देश्यले व्यवस्थापन समिति, विद्यालय प्रशासन, स्थानिय वडावासी र जनप्रतिनिधिको संयुक्त पहलमा अक्षयकोषको समेत निर्माण गरेका छन् ।

तपाईको प्रतिक्रिया