धरान । वास्तवमै पछिल्लो समय स्थानीय सरकारले सह्रानीय काम गर्न थालेको छ । धरान उपमहानगरपालिका ६ नं. वडा समितिले केही समय अगाडि कुशे औसीको पूर्व सन्ध्यामा ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । अहिले फेरि वडाले अपांग, अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई वडाले घर घरमा पुगेर सामाजिक यहुरक्षा भत्ताको नविकरण र वितरणको काम शुरुवात गरेको छ । मुलुकमा संघीयता कायम भएसँगै स्थानीय सरकारलाई धेरै अधिकारहरु दिइएको छ । अर्थात संघीयतामा तीन तह रहेका छन् । तीन तहमध्ये पनि स्थानीय तहलाई संविधानमै धेरै अधिकारहरु दिइएको छ । स्थानीय तहले कानुन बनाउनेदेखि लिएर हरेक काम गर्न पाउँछन् । यही अधिकार प्राप्त भएरै हुनसक्छ धरान उपमहनगरपालिका ६ नंं वडा समितिले अपांग, असहाय तथा ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक भत्ता वितरण गर्ने, उनीहरुको कार्ड नविकरण गरिदिने कामको शुरुवात गरेको छ ।

वडाले आर्थिक बर्ष २०८०÷०८१ म सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका अपांग, असहाय तथा ज्येष्ठ नागरिकलाई आव ०८१÷०८२ मा पनि निरन्तताका लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्रको नवीकरण गर्नुपर्ने कानुनी प्रावधान अनुसार वडामा रहेका ज्येष्ठ नागरिक, अशक्त, अपाग, असहायहरुलाई वडा कार्यलयमा गएर आफैले सामाजिक सुरक्षा भत्ता लिन र नविकरण गर्न असहज भएकोले उहाँहरुको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता र परिचयपत्रको नविकरण गरिदिन थालिएको वडा सचिव उडप बहादुर लुंगेलीले बताउनुभयो । वडाले यही श्रावण १२ गते वडासमितिबाट निर्णय गरेपछि यो कामको शुरुवात गरेको हो । चाडै नै सामाजिक भत्ता वितरण तथा नविकरणको शिविर नै सञ्चालन गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो , वडासम्म पुग्न नसक्नेहरुलाई वडाका जनप्रतिनिधि, कर्मचारीकै टोली घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता र परिचयपत्रको नविकरण गरिदिने काम गरेको वडाध्यक्ष भुपेन्द्र भट्टराईले बताउनुभयो । यसरी घर घरमा पुगेर सेवा पु¥याएकोमा लक्षित वर्गहरुले खुशी व्यक्त गरेका थिए । उनीहरुले स्थानीय सरकार भएको अनुभूति गरेका थिए । लक्षित वर्गप्रति वडाले गरेको सम्मानमा उनीहरुले धन्यवाद समेत दिएका थिए । स्थाीय ८० बर्षीय कणृबहादुर विष्टले वडाले घरमै आएर सामाजिक सुरक्षा भत्ता र परिचयपत्र नविरकरण गरिदिएकोमा वडा कार्यालयलाई धन्यवाद दिनुभयो । यस्तै डम्बरबहादुर गौतम, खेमकुमारी गौतमले समेत वडाको कार्यप्रति प्रशंसा गरेका थिए । वडाबाटै अहिले हरेक काम हुन थालेपछि वडाबासीलाई हामी पनि साथमा छौ भन्ने देखाउनका लागि कहिले निःशुल्क स्वास्थ्य शिविर, कहिले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम गर्दै आइरहेका छन् । पछिल्लो समय वडा कार्यालयसम्म आउन नसक्ने ज्येष्ठ नागरिक, अपांग, अशक्त, असहायहरुलाई घरघरमै पुगेर विभिन्न सेवा दिन थालेका छन् । यसले सबैलाई स्थानीय सरकारको आभाष भएको प्रत्याभूति हुन थालेको छ ।
