धरान ८ द्वारा निःशुल्क स्वास्थ्य शिविर

धरान । अहिले स्थानीय सरकारले आफ्नो उपस्थिति पनि छ भन्ने खालका कामहरुलाई प्राथमिकतामा राखेर गर्न थालेका छन् । जनताको आधारभूत आवश्यकताभित्र पर्ने शिक्षा र स्वास्थ्यलाई निम्न बर्गसम्म पहुच पु¥याउने कामलाई प्राथमिकतामा राखेर काम गर्न थालेका हुन् । धरान उपमहानगरपालिका ८ नंं वडा समितिले विगतमा ज्येष्ठ नागरिक, महिलालक्षित कार्यक्रम गरेको थियो । पछिल्लो समय निम्न वर्गलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । वडामा रहेका निम्न वर्गका महिला तथा पुरुषलाई लक्षित गरी वडाले आफ्नै कार्यालय परिषरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा दीर्घरोगहरु थाइराइड्स, उच्च रक्तचाप र मधुमेहका विरामीहरुलाई चेकजाँच गरिएको थियो ।
विपन्न परिवार जो आर्थिक अभावका कारण उपचार गराउन सक्दैनन् उनीहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको वडा सदस्य देवीलामा पाख्रिनले बताउनुभयो ।
वडाले अन्य समस्या भएका विरामीहरुलाई समेत लक्षित गरी चाडै नै शिविरको आयोजना गर्ने भएको छ । उच्च रक्तचाप, मधुमेह र थाइराइड्स बाहेका विरामीहरुलाई लक्षित गरी आगामी दिनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको वडा सदस्य रविन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

वडाले जनता लक्षित कार्यक्रमलाई अगाडि सारेको वडाध्यक्ष धनप्रसाद राइले बताउनुभयो । उहाँले अशक्तहरुलाई लक्षित गर सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर रिन्यु गन अभियान चलाएको बताउँदै आर्थिक अवस्था न्यून भएका वडाबासीहरुलाई पनि स्वास्थ्यको पहुच पु¥याउन स्वास्थ्य संस्थासँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गदै आइरहेको बताउनुभयो । शिविरबाट २ सय ५० जनाले लाभ लिएका थिए । रोग भएका र भेटिएकाहरुलाई वडाबाटै फ्लोअप गरिरहने समेत वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया