दन्तकाली मन्दिरमा परेवा उडाउने प्रचलन बढ्दै

धरान । सर्वसाधारण सचेत हुदै गएका कारण पछिल्लो समय पशुपंक्षी बलीलाई छोड्दै गएको पाइएको छ । आफ्नो भाकल पूरा गर्न दन्तकाली मन्दिरमा आएकाहका सर्वसाधारण बली चढाउने भन्दा परेवा उडाउने र नरिवल फुटाउने काम बढ्दै गएको पाइएको हो । धरान १४ विजयपुरमा रहेको नेपालकै एक शक्तिपीठमध्ये दन्तकाली शक्तिपीठमा भाकल पूरा गर्ने सर्वसाधारणको दैनिकजसो उल्लेख्य उपस्थिति रहने गरेको छ । अन्यबेला समेत भीडभाड रहीरहने यो मन्दिरमा नेपालीहरुको महान चाड दशैको नौरथाको समयमा अत्याधिक भीड बढ्ने गरेको छ । आफूले मागेको कुरा पूरा होस् यो मागेको कुरा पूरा भएपछि भाकल बुझाउन नेपालकामात्र हैन भारर्त बाट समेत सर्वसाधारण यस मन्दिरमा आउने गरेका छन् । यसरी भाकल पूरा गर्न आउनेहरुमध्ये ९० प्रतिशत भन्दा बढी सर्वसाधारण पशुपंक्षी बली भन्दा पनि परेवा उडाउने र नरिवल फोर्ने गर्ने गरेका छन् ।


धरान १५का पुजन लिम्बु विहानै दन्तकाली मन्दिरमा परेवा उडाउन आएको अवस्थामा भेटिनुभयो । १९ बर्षीय पुजन लाहुरे भीड्ने सुरसारमा हुनुहुन्छ । उहाँ धरान १५ को एक टेनिङ सेन्टरमा लाहुरे भिड्नका लागि तालिम समेत लिँदै आउनु भएको छ । आफ्नो सपना पूरा हुने अपेक्षाले दन्तकाली मन्दिरमा आएको उहाँ बताउनुहुन्छ । उहाँमात्र हैन काठमाण्डौका केदार श्रेष्ठ समेत परेवा उडाउनकै लागि दन्तकाली मन्दिरमा भेटिनुभयो । बलीप्रथाको अन्त्य गर्दै परेवा उडाउने र नरिवल फोड्ने परम्पराको विकास गरेर लानुुपर्ने उहाँको भनाई छ । अर्काको हत्या गरेर मानिसलाई शान्ति नहुने भएकोले शान्तिको प्रतिक परेवा उडाएर भाकल पूरा गर्नु राम्रो भएको उहाँको तर्क छ । हुन त दशैबाहेक अन्य बेला यो मन्दिरमा भाकल पूरा गर्नको लागि परेवा उडाउने सर्वसाधारण धेरै आउने गरेको मन्दिरका पूजारी तथा मन्दिरबाट आश्रितहरुले बताउने गरेका छन् । अहिले यो मन्दिरमा मासिक भाकल गर्न आउने सर्वसाधारणले मासिक करिब ३० देख ४० जोडी परेवा उडाउने गरेको पूजारी वीरेन्द्रनाथ खनाल बताउनुहुन्छ । बर्षमा लाखौ परेवा उडाउने गर्दा परिवारको व्यवस्थापनमा भने सहज नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस क्षेत्रमा बाँदर धेरै लाग्ने गरेका कारण बाँदरबाट परेवा बचाउन भने कठिन भएको उनीहरु बताउँछन् । तर मन्दिरले जथाभावि परेवा मार्न भने बन्देज लगाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया