नाम्जेका होमस्टे चलायमान बन्दै

धरान÷ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव्य स्थलमध्ये धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. ६ भेडेटार, नाम्जे लगायतका क्षेत्रलाई आठौ गन्तव्य स्थलको रुपमा लिएपछि आन्तरिक तथ वाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ । गन्तव्य स्थलको परिचय दिलाउन नाम्जेमा मगरहरुले आफ्नो सास्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा आएपछि भेडेटारको सुन्दरता सुनमा सुगन्ध थपिएझै छ । यहा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु एक रात नाम्जेमा भएको होमस्टेको मजा नलिई कोही पनि फर्किदैनन् । केहीसमय अगाडि कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी लामो समयदेखि नेपाल सरकारले लगाएको लकडाउनका कारण होमस्टे प्रभावित भएका थिए । त्यसबेला होमस्टे सञ्चालक आफ्नो गुजारा चलाउन कृषि पेशातर्फ फर्केका थिए ।

मगरहरु जातिहरुको सांस्कृतिक पहिचान झल्काउने लोकसंस्कृतिसंगै परम्परागत खानपिनलाई प्राथमिकतामा राखेर नाम्जेमा खोलिएका २२ वटा खोलिएका छन् । कुनै बेला नेपालका राष्ट्रिय, स्थानीय तथा प्रदेश स्तरका नेतामात्र हैन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत एक रात बसेर यहाको सांस्कृतिक नाचगान, खानपिनको स्वाद लिनुभएको थियो । मगरहरुको सांस्कृतिक नाच हुर्रासंगै आफ्नै बारीमा उत्पादन गरेको तरकारीको स्वाद लिन पाउने यहाका होमस्टे सबैका लागि रोजाइको ठाउँ भएको े नाम्जे थु्रम्की होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार राना मगरले बताउनुभयो ।
अहिले यहाका होमस्टेहरुमा दैनिक ५ देखि ६ लाख रुपैयासम्म कारोबार हुने उहाँका भनाई छ ।

तपाईको प्रतिक्रिया