स्थानीय सरकारले तीज पर्वलाई प्रोत्साहन गरयो

धरान । हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । साझा पर्व बन्दै गएकै कारण स्थानीय सरकारले समेत महिलालाई लक्षित गरी वडामा रहेका महिलालाई भेला गराई तीज पर्व मनाउन थालेको छ । नेपालका सांस्कृतिक पर्व ा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । अहिले तीज आउन बाँकी छँदै विभिन्न सामाजिक संघ संस्था, महिलावादी संघ संस्थाले तीज मनाउने परम्पराको विकास भएको छ । साझा पर्वसँगै महिलाले विशेष रुपमा मनाउने चाँड भएकोले धरान उपमहानगरपालिका ८ नं वडा समितिले वडामा रहेका महिलाहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रमको योजना
गरेको छ ।

धरान ८ वडा समितिको हलमा आयोजित कार्यक्रममा महिलाहरुले तीजको गीतमा छमछमी नाचेका थिए । सो अवसरमा बोल्दै धरानकी समाजसेवी साहित्यकार वेणु काफ्लले अहिले यो पर्व साझा पर्व बन्दै महिलाकोमात्र नभएर पुरुषको समेत पर्व बन्दै गएको बताउनुभयो । यो पर्व चेली र माइतीबीचको सम्बन्ध मजबुत बनाउने पर्व मनाउने बताउनुभयो । नेपालीहरुले हरेक जातजातिले मनाउदै आएको चाडपर्व सबैको साझा पर्वको रुपमा विकास हुदैगएकोप्रति कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले बताउनुभयो । साँस्कृतिक पर्व साझा बन्दै जाँदा साँस्कृतिक रुपमा नेपाल झन झन दहूो बन्दै गएको बताउनुभयो । तीजलाई मर्यादित र तीन पर्वले महिलाहरुबीच एकता कायम गर्दै विकृति विसंगतिलाई चिर्न धरान ८ का विभिन्न वडाका बडाबासी महिलाहरुलाई भेला गराएर सामुहिक रुपमा तीज पर्व मनाइएको वडा सदस्य एवम् धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सावित्री परियारले बताउनुभयो । उहाँले सामुहिक रुपमा वडाबासी एकै ठाउँमा पर्व मनाउदा बलियो सम्बन्ध स्थापित हुने उहाँको धारणा थियो । तीजमा विकृति, विसंगति भित्रिदै गएको समाचारहरु धमाधम बाहिर आइरहेको बेला स्थानीय सरकारले नै टोलबासी महिलालाई बोलाएर तीज पर्वभित्र भएको विकृति र विसंगति हटाउँदै सम्बन्ध स्थापित गर्ने उद्देश्यले ८ नंं वडा समितले गरेकोे तीज पर्वले सकारात्मक सन्देश प्रवाह हुने विश्वास समेत लिइएको छ ।

तपाईको प्रतिक्रिया