दमक । कुटनैतिक हिसाबले चीन सरकारको सर्वाधिक प्राथमिकतामा रहेको महत्वकांक्षी परियोजना झापाको दमकमा बन्ने चीन–नेपाल फ्रेन्डसीप औद्योगिक पार्क निर्माणको काम चाँडै शुरु हुने भएको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओलीको आगमनसँगै दमकबासीहरु औद्योगिक पार्कसँगै चिनियाँ लगानीमा निर्माण हुने आधा दर्जन भन्दा बढी अन्य परियोजना निर्माण कार्य शुरु हुने आशामा ढुक्क देखिएका छन् ।

यस भन्दा अगाडि प्रधानमन्त्री छँदा केपी शर्मा ओलीले २०७७ फागुन १६ गते तामझामका साथ औद्योगिक पार्कको शिलान्यास गरेका थिए । चिनियाँ सरकारको वान वेल्ट वान रोड योजना अन्तर्गत ६३ अर्ब रुपैयाको आर्थिक एवम् प्राविधिक सहयोगमा चीन–नेपाल फ्रेन्डसीप औद्योगिक पार्क निर्माण हुने भएको हो । दमक नगरपालिका वडा नं. १०, कमल गाउँपालिका वडा नं. ६ र गौरादह नगरपालिका वडा न. ८ का २३ सय विघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माणका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको भए पनि राजनैतिक अस्थिरताका कारण निर्माण अगाडि बढ्न सकेको थिएन । अब निर्माण कार्य अगाडि बढ्ने दमक नगरपालिकाका पूर्व नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयो । औद्योगिक पार्क निर्माणका लागि यतिबेला प्रधानमन्त्री ओलीलाई जनदबाब समेत बढेको उहाँले सुनाउनुभयो । चीन सरकारको तर्फबाट पनि औद्योगिक पार्क निमाणमा चासो व्यक्त हुँदै आएको छ दमकका देवेन्द्र खड्काले बताउनुभयो । हुन त प्रधानमन्त्रीमा केपी शर्मा ओलीको जब जब आगमन हुन्छ तव तव झापामा चिनियाँ लगानीका परियोजनाहरुको चर्चा शुरु हुन्छ, खड्काको कथन छ । हुन पनि औद्योगिक पार्कका लागि लगानी बोर्डको स्वीकृति, जग्गा प्राप्ति, बाउण्ड्री, शिलान्यास, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण लगायतका सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । २३ सय विघा जग्गामध्ये हालसम्म २१ सय विघा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको छ ।
नेपाल लगानी बोर्ड र चीनको ल्हासा इकोनामिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोनजिङ पिङ्ग जोइन्ट कस्ट्रक्सन कम्पनी बीचमा भएको सम्झौता मुताविक औद्योगिक पार्कका लागि चाहिने आवश्यक जग्गा, दमकबाट औद्योगिक क्षेत्र सम्मको े१२ किमी डबललेन कालोपत्रे सडक, रतुवा खोलाको पुल, स–साना खोलाखोल्सामा कल्भर्ट–कजवे, विद्युत आदिको सम्पूर्ण कार्य नेपालका तर्फबाट गर्नुपर्ने थियो । हाल नेपालका तर्फबाट यी सबै कार्य पूरा भइसकेको छ । एक लाख भन्दा बढीलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको प्रस्तावित औद्योगिक पार्कको तीन बर्षदेखि कुनै निर्माण कार्य अगाडि बढेको छैन । यद्यपि तीन बर्षको अवधिमा बीच बीचमा चिनियाँ प्राविधिक टोलीहरु आएर सुपरभिजनसँगै स्थानीय निकायका पदाधिकारीहरुसँग छलफल गरेर फर्कने गरेका थिए । आषाढ ३० गते केपी ओली पुन ः प्रधानमन्त्री भएपछि अब काम अगाडि बढ्ने दमक नगरपालिका वडा नं. १० का बेचु धिमालको विश्वास छ । उनले भने राजनैतिक अस्थिरताका कारण पनि काम अगाडि बढ्न नसकेको हो । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको तीन बर्ष अगाडि बहिर्गमनसँगै चिनियाँ लगानीमा निर्माण हुने भनिएको कमल गाउँपालिकामा निर्माण हुने आदिवासी रंगशाला, दमक वडा नं. ३ मा निर्माण हुने संसारकै सबैभन्दा अग्लो बुद्धको मूर्ति, बौद्ध विश्वविद्यालय, झापाका ९ वटा नदी कटान नियन्त्रणका लागि १०–३० किमी लामा तटबन्धन सबै रोकिएका छन् । यहाँ स्मरणीय कुरा के छ भने चीनले नेपाल–चीन पे्रmन्डसीप औद्योगिक पार्कलाई अन्य परियोजनाको तुलनामा सबैभन्दा महत्व दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अैद्यौगिक पार्कको शिलान्यास गर्दा ल्हासाबाट चिनियाँ उच्च अधिकारी टुओजुको आगमन हुनुले यही कुराको पुष्ट्याई गर्दछ । यतिमात्र नभएर शिलान्यासको भर्चुअल संवोधन ल्हासा सरकारसँग जोडिएको थियो । त्यसबेला ल्हासा इकोनोमिक एण्ड टेक्निोलोजीका प्रमुख जोनजङ्ग पाङले शिलान्यासप्रति खुशी व्यक्त गर्दै शुभकामना दिनु भएको
थियो ।
