धरान । इतिहासमै पहिलो पटक मुख्यसचिव भएकी इटहरीकी लिलादेवी गड्तौला आगामी भाद्र १५ गतेबाट अनिवार्य अवकाशमा जाने भएकी छन् ।

मुख्यसचिव लिलादेवी गड्तौलामात्र हैन यसै बर्ष १८ जना सचिव र ८९ जना सह सचिवले पनि उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएका छन् । त्यसरी अवकाश पाउनेहरुमा सबैभन्दा ज्यादा प्रशासन सेवामा रहेका छन् । प्रशासन सेवाका ९ जना सचिव, न्याय सेवाका ४ जना, परराष्ट्र, इन्जिनियरिङ्ग, स्वास्थ्य सेवा लगायतका ५ जना रहेका छन् । यो सचिवहरुले अनिवार्य अवकाश पाएपछि विभिन्न क्षेत्रका १८ जना सचिवमा बढुवा हुने भएका छन् ।
