घण्टाघरबाट हेर्दा

उपसभामुखको धन्दा
सहकारी ठग घण्टे पार्टीकी तन्वा सांसद उर्फ उपसभामुख इन्दिरा रानाले मानव व्यापारको धन्दा पनि राम्रैसँग चलाएकी रै’छिन् । किन नचलाउन त अध्येक्षे सहकारी ठग घण्टेकै दुइवटा नागरिकता एउटा देश, चारवटी श्रीमति नौवटा केस झट्ट हेर्दा चमेराको जस्तो केस, बोल्नचाहिँ तित्राको थुतुनो भन्दा पनि तेज भएसी’ । जान्नेलाई छान्ने भन्थे घण्टे र तिनका आसेपासे झोलेहरु । इन्दिरा रानाले जानकै त्यही थियो त क्यार्नु ? यस मामलामा घण्टेको विरोध गर्नु नै बेकार हो । पद भँजाएर अम्रिकी राजदुतावासलाई चिठ्ठी लेख्दा ड्याम्म ड्याम्म माल आउँछ भने किन नगर्ने ? समाजसेवाको खोल ओढेर होस् कि जेसुकै गरेर होस माल आउँछ भने किन छोड्ने ? पाँचजनालाई अम्रिकाको भिषा दिनु भनेर उपसभामुखको लेटर प्याडमा चिठ्ठी लेखिन् रे ? लेख्छिन् त राना उपसभामुख नै हुन क्यारे । अनि उपसभामुखले उपसभामुखको लेटर प्याडमा चिठ्ठी लेखेर केचाहिँ विराइन् ? धन्न चिठ्ठीको आधारमा अम्रिकी दुतावासले भिषा देछन् । यता पैसोचाहिँ पहिला नै रानाले हजम गरिछन् । अरुले ग¥या भए मानव तस्कर रानाले गर्दा समाजसेवा ।
सशक्त प्रतिवाद गर्ने रे
ल्याकत बिनाकै पदमा आसिन भएर सडकमा पुग्न परेसी’ यतिबेला फ्रि भिषा, फ्रि टिकटका सुत्रधार माकुन्याउ, अर्काको काँधमा बुई चढेर सिंहदरबारको फन्को मार्न खप्पिस प्रचण्डाउ, सहकारीको रकममा चलखेल गर्न खप्पिस मानिएका घण्टीवाला यतिबेला साह«ै विलखबन्धनमा प¥या छन् । सत्तामा हुँदा कत्रो शान थियो । अगुवा पछुवाको लर्को लाग्या थियो । अहिले त विचराहरु कौन पुछे खेसरीके दाल, न जनताको साथ न ठूला दलको हात । अस्तिका दिन तिनै जना नुन खाएको कुखुराको जस्तो अनुहार लिएर एकै ठाउँमा भेला भएछन् । अनुहार खिस्रिक्क प¥या थियो । तै पनि भन्दै थिए सरकार गठन गर्दा संविधान मिचिएको छ । सशक्त प्रतिवाद गर्छौ रे । प्रचण्डाउ जुन धारा अनुसार पर्धानमन्तरी भए खप्रओ पनि त्यी धारा अनुसार पर्धानमन्तरी भा’छन् । हैन हौ भौमानका छौडाहरु हो कति भ्रम र्छौ ? अब भ्रमको खेति गरेर केही झर्ला जस्तो छैन कि कसो हौ ?
क्या बात सिंह


सांसद अमेरशकुमार सिँहले अस्तिका दिन साह«ै गज्जबको बात भने । कहिलेकाहीँ राम्रै बात गर्छन अब हेरम न पढ्न नसकेर ८ कक्षा फेल भएकाहरुले देश चलाउँछन्, विए पास गर्नेहरु उनीहरुको चाकडीमा लिप्त हुन्छन् र एमए पास गर्नेहरु बेल्चा चलाउन खाडी मुलुकतिर जान्छन् रे । क्या वात । यसो भएसी नेपाल भुत्राको बन्छ त ? आठ कक्षा पास गर्नेहरुलाई उखान टुक्का भन्न, अर्काको कुरा काट्न त आउने हो । यस्ता व्यक्तिले पानी बिनै जहाज चलाइदिन्छन् । पानी जहाज अफिस खोलेर वेÏवाँकले आफन्तहरुको भर्ति गर्छन्, पूर्व पश्चिम र्ल कुदाइ दिन्छन्, अस्पतालको सट्टामा अरबौका भ्यु टावर बनाएर भ्यु माने दृश्यको अवलोकन गर्छन् । एमए पास गरेकामा यस्तो उत्पातको खुबी नै हुँदैन । खुबी नभएसी बेल्चा हान्न खाडीतिर दौडनु परेन त ?
टिम्मुरिएको हलि वाग्ले
चौतर्फी बदनाम कमाएकाहरुको क्लब सहकारी ठग घण्टेहरुका उपसभापति माने टिम्मुरिएको हली वाग्लले अस्तिका दिन डा. मुकुल ढकाललाई गजेडी भनेछन् । लाउरेसमा छँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भएर माल कुम्ल्याएका हली वाग्लेलाई गन्नै छाडेसी घण्टे क्लबतिर दौडिएका थिए । घण्टे क्लब मुकुल ढकालले नै बनाएका थिए । सत्य र साँचो बोल्ने ढकालले क्लबभित्रको विकृति छताछुल्ल बनाइदिएसी हलि वाग्ले, सहकारी ठग, ताइन तुइकी डाक्टर्नीहरुलाई पच्ने कुरै भएन । विचरा ढकाललाई बोल्न समेत प्रतिबन्ध गरियो । मुखमा टेप लगाएर बसे । अहिले ढकाल क्लबबाट निस्किएपछि हली वाग्लेको चुरीफुरी कम्ता बढ्या छैन । अम्रिकी ग्रिन कार्ड बोकेर नेपालमा राजनीतिको नाममा मानव तस्करी गर्ने, सहकारी ठग घण्टेको ढाल बन्ने, अन्टेसन्टे बक्ने हली वाग्लेको दिनचर्या नै भा’छ । जे होस ८४ सम्म पुग्दा घण्टे वाग्लेले क्लब बन्द गराउने निश्चित छ ।
सत्ताबाट ह“चेट भएसी
कहिले बालकोटतिर कहिले बुढानिलकण्ठतिर लुसुक्क छिरेर कानेखुशी गरेपछि सिंहदरबार छिर्दै आएका माउवादीका अध्यक्षे प्रचण्डाउ सत्ताबाट हँचेट भएसी नयाँ नयाँ तारतम्य बुन्न थाल्या छन् । विचराले बुन्ने भए नि रातरात लाउरेस र झालेमाले मिलेर गलहत्याएसी’ कहिले सरकारका काममा सदन र सडकबाट प्रतिवाद गछा्र्रै भन्छन् । तर यो साह«ै पार लाग्ला जस्तो नदेखेसी उनी यतिबेला जनजाति, आदिवासी, दलित, मुस्लिम, अल्पसंख्यक, महिलाहरुका हक अधिकार खोइ भन्दै भुक्न थाल्या छन् । सत्तामा छँदा आफ्ना आसेपासे, नातागोता, इस्टमित्र,
परिवारको मात्र पक्षपोषण गर्दैमा ठीक भयो । सत्ताबाट बाहिरिएसी उनीहरुको हक अधिकारको मुद्धा उठाउँदा पत्याइदेलान् भन्ने विचरालाई लाग्नु स्वभाविकै हो । तर प्रचण्डाउको बाहिरी खोल र भित्री गुदी सबैले देखिसकेका छन् । लाउरेस र झालेमाले दुवैलाई हल्लाएर पाँच बर्ष आनन्दसँगले विताउने मनसुवामा ब्रेक लागेसी प्रचण्डाउको भुत्भुत्याई शुरु भएको छ । के गर्नु मंगले आफ्नै ढंगले । जोसँग लगनगाँठो कस्यो उसैसँग बस्या भए भुत्भुत्याउनु त पर्दैनथ्यो । नगरबधु जस्तै चहादै हिडेसी हुने नै यस्तै हो ।
हाउसफूल प्रदर्शन
धरानका सुपरम्यान अभिनित चलचित्र हर्कुद्वारा अभिनित हर्क धमला यतिबेला हाउसफूलका साथ प्रदर्शन भइरहेको छ । यसमा सुपरम्यानको अभिनय बेतोडको रहेको छ । डाइलग पनि कम्ता गज्जबका छैनन् । डालगका केही अंश सुनसरी प्रहरी निर्दोष श्रमदाताहरुलाई तुरुन्त छोड । गृहमन्त्री हैसित भए मलाई कारबाही गरेर देखा । वाह ! मन मिले मेला नत्र झमेला । धमलाको नगरपालिकाको सवाद हमला कम्ता रोचक थिएन । तर एक्लो भएकोले सुपरम्यानका झोला झ्याम्टाहरुले बलै प्रयोग गरेर बाहिर निकाले । यसपछि चलचित्रमा क्लाइमेक्स देखिन्छ । बीपी प्रतिष्ठानको एक्सरे विभागको सुटिङ्ग, इलाका प्रहरी कार्यालयको गेटको कम्पन, पक्राउ परेकाहरुलाई सार्वजनिक, सिडिओद्वारा लिएको एक्सन, दरोगाहरुको सादा पोसाकको निगरानी, पुपुरम्यानका नन्दीभृंगीहरुको सामाजिक सञ्जालमा देखिएका
दमदार डायलग । जे होस चलचित्र दोस्रो हप्तामा पनि धरानमा अपार भीडका साथ चलिरहेको छ । दर्शकहरुले चलचित्रलाई मन पराएरै होला अरु केही हप्ता चल्ने निश्चित छ ।
सुजोको भर छैन
गिर्जाउ पुत्री सुजोको कथनी र करनीको टुंगै छैन । त्यही टुंगो नभाकाले हिजोआज विचरी एक्लै मण्डिखाटारतिर विरक्तिएर बस्या छिन् । छँदाखाँदाको घर परिवार छोडेर बाउको आडमा कमाउन आथिन् । कमाउँदा कमाउदै नेता भैछिन् । गिर्जाउले पुत्री मोहमा धृतराष्ट्र भएर मन्तरीसन्तरी बनाए, लखनौ लुटिन । हुन त नेपालाँ नेता बन्न पैसा भए पुग्छ । ढाँट्ने, छल्ने, त राजनीतका कला हुन् । यी सबै गुण भए नि विचरी सुजो राजनीतमा खरो उत्रिन सकिनन् । कोइराला परिवारकी भए नि कहिल्यै कोइरालालाई साथ दिइनन् । कहिले काठमाण्डौका गठ्ठेको पक्षेमा उभिइन्, कहिले बुढानिलकण्ठे र्यालेको पक्षमा उभिइन् । आफ्नै विरोधी भएसी शेखर दाले १४ औं महाधिवेशनमा पराजय भोग्नुप¥यो । अहिलेचाहिँ आएर जोष्ठ हामी तीन कोइराला शेखर, शशांक, सुजता एकै ठाममा उभिएका छम । अबको काँग्रेसको नेतृत्व शेखर कोइालाले गर्नुहुन्छ भनेर बोलिछन् । सुजोको न बोलीको टुंगो छ । पिँध बिनाको लोटाले बोलेर केही हुँदैन । भोलि विपक्षीबाट लाभदायक अफर आयो भने सुजो चम्पट । कि कसो हौ ?
अन्तेमा
काठमाण्डौ न्यूरोडका बासिन्दा पनि स्वाँठै रै’छन् । काम गर्नेको, पुत्ला जलाउँछन्, काम नगर्नेहरुलाई फूलको माला गलामा लगाउँछन् । अब हेरम न आम सर्वसाधारणका लागि सहज होस्, भीडले छोरी चेली सेक्सुअल ह्यारेन्समेन्टमा नपरुन, जेव कट्टाले दुःख नदिउन् भनेर बालेन साहले फुटपाट बढाउन खोज्दा झालेमालेका झोलेहरुले शुरुदेखि नै अवरोध गरेका गरेकै छन् । सडक पेटी बढाउन अबरोध नगर भनेर अदालतले आदेश दिँदा पनि झोलेहरु बुर्कुसीमार्न दौडिएर पुग्छन् । हैन हौ ती झोलहरुलाई अदालतको आदेश थाहा भएन कि अदालतको आदेश नमानेका हुन् ? कानुनी राज्यमा अदालतको आदेश नमान्नेलाई मामाघर पु¥याउने व्यवस्था छ । तर के गर्नु भोलेहरुले बर्षौदेखि सडकमा पार्किङ्ग शुल्क उठाएर आफ्ना घर व्यवहारसँगै नेतालाई नि दाम चढाउदै आएका थिए । फुटपाट बनेपछि आम्दानी नै शिव हुने भएपछि विरोध ग¥या होलान् । कुरो बुझ्नुमा छ ।

तपाईको प्रतिक्रिया