सहकारी घण्टे उत्तानोचित्त
मात्र तीन वटा फायल खाुल्यो भने बडे बडे भ्रष्टाचारहरु खोरमा जाकिन्छन् भनेर चार महिनासम्म गुड्डी हानेर घरेलु मन्तरीको पद पड्काएका सहकारी ठग घण्टेलाई ज्ञानेन्द्र साहीले शुक्रबार संसदमै उत्तानोचित्त बनाइदिएछन् । चार चार महिना फाइल खोल्ने नाममा राम्रैसँग आफ्नो व्यवस्था गरे । घरेलु मन्तरी भा’को एक हप्तामा निर्मला पन्तको बलत्कारी हत्यारालाई उँठ्याउनुछु भनेर सानो फूर्ति ला’थिएनन् । न भुटानी शरणार्थी प्रकरणका मतियार अँठ्याए न कसैलाई जेलमा पु¥याए । अनि फाइल खाल्छ भन्ने डरले सरकार गिराए भन्नु बाहेक कही लछारपाटो लगाएनन् । चार चार महिनासम्म प्रहरी सरुवा बढुवा गरेर आर्थिक स्थिति मजबुत बनाउने, राज्यका स्रोत साधनमा पौडी खेल्ने बाहेक सहकारी ठग घण्टेले केही गरेनन् । फेरि पनि उनकै स्वर ठूलो । हुन त सहकारी ठग घण्टेले राम्रोसँग बुझ्याछन् राजनीतिमा दाम र नाम कमाउन ठूल्ठूला स्वरले चिच्याउनुपर्छ । कसैले पतन कि नपत्याउन चिच्याउन चाहिँ छोड्नु हुँदैन । कि कसो हौ, घण्टे ?
साउने संक्रान्ति पनि मान्न दिएनन्

लाउरेस र झालेमालेलाई पालैपालो खेलाएर मस्ती मारेका प्रचण्डाउको अस्तिका दिनको राँडे रुवाई देखेर घण्टाघरलाई साह«ै नराम्रो लाग्यो । अठार महिना सम्म त दुवैलाई ख्याल गज्जबले खेलाएनन् । तर ढिलो भर्ए पनि कुरा बुझेपछि दुवै मिलेर प्रचण्डाउलाई बाल्वाटारबाट लघारेपछि मलाई साउने संक्रान्ति पनि बाल्वाटारमा मनाउन दिएनन् भन्ने तिरिक्क गोहीको आँशु खसाले । कहिले लाउरेसको काँधमा चढेको छ, कहिले झालेमालेको काँधमा चढेको छ । कहिले झालेमालेसँग फेरा लिएर लाउरेससँग हनिमुन मनाउन गा’छ । कहिले लाउरेससँग फेरा लिएर झालेमालेसँग हनुमुन मनाउन गा’छ । अति गरेपछि खति हुन्छ भन्ने हेक्का राख्नु पर्दैन ? एक पटक दुई पटकको पो झुक्याउन सकिन्छ,
बारम्बार झुक्याउन सकिदैन भन्ने कुरा बुझ्नु पर्दैन ? अब खेलो फड्को सक्यिो । पापा खाँदै घरमा बस्ने । आफूले अरुलाई धोका दिँदा बोल्ड डिसिजन र उथलपुथल भन्ने अरुले धोका दिँदाचाहिँ तिरिक्क आँशु चुहाउने ?
संसोधन भए प्रतिरोध गर्ने रे
भर्खरै कहिल्यै सत्तामा नफर्कने गरी गलहत्याइएका माउवादी अध्येक्षे प्रचण्डाउले संविधान र्ससोधन गरे सडक र सदनबाट प्रतिरोध गर्ने धम्की दिएछन् । दुई तिहाई बहुमतले संविधान संसोधन गर्न सकिने कुरा संविधानमै उल्लेख छ । अनि प्रचण्डाउले फुइøयाँको धम्की दिनु ? फेरि प्रचण्डाउले प्रतिरोध गर्दा कस्ले साथ देलान ? घण्टे, माकुने र प्रचण्डाउको मोर्चा बन्या छ । जनताले यिन्का अनुहार जहाँ देख्यो त्यही किच्याउँछन् । प्रतिरोध गर्दा एउटै सरकारले जोगाउनुपर्ने अवस्था छ । फेरि सविधान संसोधन गर्दा प्रचण्डाउलाई सोध्नुपर्छ रे । हिङ गए पनि गन्धचाहि बाँकी भन्या यही हो ।
राष्ट्रिय भाउजुलाई मालदार मन्त्रालय
मधेशमा सर्व दंश बढ्यो भनेर सर्पलाई मृत्युदण्डको सजाय माग गर्ने र्याले काजीकी जोइ माने राष्ट्रिय भाउजु अब के गर्लिन् ? उनले परराष्ट्र मन्त्रालाय जस्तो मालदार मन्त्रालय उनको भागमा परेको छ । उनलाई मालदार मन्त्रालय नै चाहिने हो सुख्खा लत्तरो मन्त्रालयमा उनको आँखै जाँदैनन् । अनेकौ तिडक्डम गरेर बल्ल बल मन्त्री हुनु छ त्यसमा पनि लत्तरो मन्त्रालय छान्ने र लिने कुरा पनि भएन । एकपटक मन्तरी भएर खुट्टा हल्लाउने राष्ट्रिय भाउजुको ठूलो चाहना छ । यसो भएपछि घण्टेले आफ्ना ठगीका प्रमाण नष्ट गरेझै भुटानी शरणार्थी प्रकरण, धनगढी जग्गा प्रकरण लगायतका प्रकरणका फाइल गायब बनाउन सकिने भाउजुले राम्रै बुझेकी छन् ।
अब तेरा क्या होगा कालिया“
हिन्दी फिल्म सोलेमा गब्बर सिंहले अब तेरा क्या होगा कालियाँ भनेझै समाजवादी पार्टीका अध्येक्षे माकुनेको स्थिति कालियाँको जस्तै भा’छ । विचरालाई प्रचण्डाउको लगौटीको फेर नअँठ्याउ नअँठ्याउ भन्दा नि अँठ्याउने बाध्यता छ । नयाँ गठबन्धनतिर आम भने खप्रओले जोरलात्ती बजाउने त्रास । पहिला नि जोर लात्ती बजाएर सडकमा पुगेको उनले झल्झल्ती सम्झेका छन् । प्रचण्डाउको पछि लाग्दा तुरिदै जाने त्रास । त्यसैले माकुने हिजोआज नुतन खाएको मुर्गी जस्ता भा’छन् । गामतिर जाम भने फ्रि भिषा र फ्रि टिकट पर्खेर बसेकाहरुले लघार्लान् भन्ने झनै ठूलो त्रास । विचराको बाँकी जीवन त्रासै त्रासमा वित्ने भयो ।
लुतो फालियो रे
नेपालमा ५२ सालदेखि लागेको लुतो अस्ति असार २८ गते फालियो भन्दै धेरैले खुशीयाली मनाएछन् । हुन त लुतो फाल्ने दिन भन्या साउन १ गते हो । तर दुई चार दिन अगावै लुतो फाल्ने काम भयो । अब कहिल्यै नबल्झिने गरी लुतो फालिएपछि खुशी हुनु छ स्वभाविक हो । लुतोसँगै स–साना चिलाउने, टट्याउने विविमिराहरु समेत सँगै गएछन् । ०५२ सालदेखिको लुतोले कम्ता बमण्डर मच्चाएको थिएन । पहाड रित्तो बनाएको थियो, सहर रित्तो बनाएको थियो, कतिका सिन्दुुर पुछिए, कतिका सम्पत्ति कब्जा भयो । ०६२ पति सिंहदरबारमा हालीमुहाली ग¥यो । अबचाहिँ धुरी कट्ने गरी नाङ्लो ठट्याएर फालिएको छ । विमिराहरु पनि सँगै गएका छन् माने घण्टे र माकुने । बल्ल कन्याउने र टट्याउने पीडा कम भयो । कि कसो हौ ?
डेरा सरेस“गै मर्द पनि छोडेनन्
मन्त्री क्वाटरमा बस्दै आएका मन्त्रीहरुको पद चैट भएसँगै अन्तिम धन्दालाई उनीहरुले मूर्त रुप दिएका छन् । झण्डै १८ महिना मन्त्री क्वाटरमा बसेर फर्कदा उनीहरुले ओछ्याएका कार्पेट, गलैचा, झ्यालका पर्दा, ग्याँसका सिलिण्डर, दराज, सोफाहरु समेत खेतला लगाएर गुटुमुटु पारेर हिडेका छन् । जनताले तिरेको करबाट मन्त्री क्वाटरमा राखिएका त्यस्ता समान समेत नछोड्ने माउवादीका, सहकारी ठग घण्टेका समेत छन् रे । जाबो पर्दा, गलैचा, सिलिण्डर समेत नजोड्नेले पदमा रहँदा लखनो लुट्ने काम मात्रै त गरे । आकाश पाताला जोड्ने गुड्डी हाके, सरकारी क्वाटरमा बसेर ब्राण्डेड दारु खाए, कमिशन कुम्लाए, विदेशको सयर रे । हुन त जुन जोगी आए नि कानै चिरेको । भोलिकाले पनि गर्ने धन्दा त यस्तै हो ।
अन्तेमा
भर्खरै सत्ताबाट लखेटिएको पूर्व ज्यानमारा यतिबेला छटपटाउन थालेको छ । कहिले आत्महत्या गर्छु भनेर बोल्न थाल्या छ । सबै भन्दा राम्रो उपाय त गर्ने त्यही हो । तर घुर्की कस्लाई देखाएको होला ? देशमा जात, जाति, जनजाति, धर्म, सँस्कृतिको धज्जी उडाएर विखण्डनको विउ रोप्ने प्रचण्डाउले भडुवा प्रवृत्ति देखाउन शुरु गरिसकेका छन् । अब बन्ने सरकार धारा ३ बमोजिम जो ठूलो दल हो त्यसको नेतृत्वमा बन्नुपर्छ भन्दै अदालत जाने भएका छन् । आफूचाहिँ ठूला दलललाई प्रयोग गरेर पटक पटक धारा २ अनुसार पर्धानमन्तरी बन्ने अनि अरुचाहिँ ३ अनुसार बन्नुपर्छ भन्ने । हुन ती भडुवाको कुरा अब कस्ले पो सुन्छ र ? पत्याउनु पनि पनि प¥यो नि । थुतुनोको टुंगो नभएपछि दुःख पाइन्छ भन्थे हो रै’छ ।
