अब पार्किङ शुल्कको सट्टा बार्षिक २ सय रुपैया तिर्नुपर्ने

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा आठ महिनापछि बसेको कार्यपालिका बैठकमा विविधि विषयमा अनुमोदन भएपनि उपमहानगरपालिकाले लिँदै आएको सवारी पार्किङ शुल्कक विषयमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यले कडा आलोचना गरेपछि पार्किङ शुल्क नलिने निर्णय भएको छ । विगतमा समेत यसको विरोध हुदै आएपनि मेयर हर्कराज राईले ठेक्का प्रक्रियामै सडक छेउमा पार्किङ गरिएका दुई पांगे्र, तीन पांग्रे तथा चार पाँग्रे सवारी साधनको पार्किङ शुल्क उठाउदै आएको भए पनि शुक्रबार बसेको कार्यपालिका बैठकमो पार्किङ शुल्कको विषयमा चर्को विरोध भएपछि शुल्क नलिने निर्णय भएको हो । पार्किङ गर्ने स्थान निर्माण नगरी सडककै छेउमा पार्किङ गरिएका सवारी साधनलाई प्रति सवारी साधन १० रुपैया पार्किङ शुल्कको नाममा धरान उपमहानगरपालिकाले सवारी चालकसँग लिदै आएको थियो । विगतमा समेत सर्वसाधारणले शुल्कको विषयमा गुनासो पोख्दै आएको बेला जनप्रतिनिधिहरुले समेत शुक्रबार बसेको कार्यपालिका बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउन गरे । निश्चित पार्किङ स्थलको व्यवस्था नभएको अवस्थामा सडकको एक छेउमा राखिएको सवारी साधनको शुल्क लिनु अव्यहारिक, सर्वसाधारणलाई दुःख दिने नियतमात्र भएको २० वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले विरोध जनाएका थिए ।


वडाध्यक्ष तथा कार्यपालिका सदस्यले पार्किङको विषयमा व्यापक विरोध गरेपछि राजस्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले पार्किङ शुल्कको नाममा पैसा नलिएको तर सडक पूर्वाधार उपयोग शुल्कका नाममा सवारी साधनबाट शुल्क लिएको बताउनुभयो । उहाँले सडक पूर्वाधार उपयोग शुल्कका नाममा बार्षिक २ सय रुपैया लिने कुराको उल्लेख रहेको स्पष्ट पार्नुभयो । राजस्व महाशाखा प्रमुख खतिवडाले स्पष्ट पारेपनि सडक छेउमा राकेर राखिएका अन्य सवारी साधनसहित मोटरसाइकललाई समेत पार्किङ शुल्कको नाममा दैनिक १० रुपैया उठाउदै आइएको थियो । विगतदेखि नै यसको व्यापक विरोध भएको थियो । यातायात कार्यालयमा सडक करदेखि सबै कर तिरिरहेको अवस्थामा स्थानीय सरकारले समेत पार्किङको नाममा जथाभावि रकम उठाएको भन्दै सर्वसाधारण रुष्ट बनेका थिए । व्यापाक विरोधका बाबजुदपनि उठाइदै आइएको पार्किङ करको विषयमा शुक्रबार बसेको कार्यपालिका बैठकमा पनि यो एजेण्डाले प्राथमिकता पाएको थियो । व्यापक विरोध भएपछि उपमहानगरपालिकाका मेयर हर्कराज राईले सानो सानो रकम संकलन गरेर भएपनि धरानको विकासमा केही गर्न सकिन्छ कि भनेर पार्किङ शुल्क लिन थालिएको स्पष्ट पार्नुभएको थियो । अन्तत ः अन्य सवारी साधनको हकमा यथावत रहे पनि मोटर साइकलको हकमा भने पार्किङ शुल्क नलिने निर्णय भएको थियो । सडक पूर्वाधार उपयोग शुल्कका नाममा एउटा मोटर साइकलको बार्षिक २ सय लिने सहमति भएको थियो । यो निर्णयमा मेयर राईले समेत समर्थन जनाउनुभएको थियो । निश्चित पार्किङको व्यवस्था नभई सडक छेउछाउमा रोकेर राखिएको मोटरसाइकललाई पार्किङ शुल्कको नाममा उपमहानगरपालिकाले लिनु ब्यवहारिक नभएको, सवारी साधनको हरेक प्रकारका कर यातायात कार्यालयलाई बुझाउँदै आएको भन्दै सर्वसाधारणले समेत उपमहानगरपालिकाले शुल्कको नाममा १० रुपैया लिदै आएकोप्रति रुष्ट भएका थिए । शुक्रबार सर्वसाधारणलाई जथाभावि कर थोपर्ने भन्दा पनि करको दायरा बढाउन आवश्यक रहेको मेयर राईलाई वडाध्यक्ष र कार्यपालिका सदस्यले सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया