आगामी श्रावण १४ र २२ गते हुने धरान नगर र क्षेत्रको निर्वाचनका प्रतिपर्धीहरु आ–आफ्नै दाउपेजमा

धरान/आगाी श्रावण १४ र २२ गते हुने नेपाली कााग्रेस धरान नगर समिति र क्षेत्रीय समितिको निर्वाचनको पूर्व सन्ध्यामा नगर र क्षेत्रको सभापति लगायत अन्य पदाधिकारी, महाधिवेशन र जिल्ला सदस्यका प्रतिपर्धीहरु आ–आफ्नै दाउपेजमा लागेका छन् ।
नेपाली कााग्रेसको १३ औं महाधिवेशन आगामी भदौ २४ गते देखि २८ गतेसम्म काठमाण्डौमा हुने निर्णय भएपछि वडा, गाउा, नगर, क्षेत्र र जिल्ला अधिवेशन साउन २६ सम्म सम्पन्न गरिसक्नु पर्ने भएको छ ।
श्रावण १४ गते हुने धरान नगरसमितिको निर्वाचमा यसपटक त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । नगर समितिको निर्वाचनमा पार्टी प्रतिबन्धित अवस्थादेखि नै काम गर्दे आएका जुझारु कार्यकर्ता एवम् वर्तमान महासमिति सदस्य मदन ढकाल, वर्तमान नगर सभापति किशोर राई यस भन्दा अगाडि नगर सभापतिमा पराजित तिलक राई बीचमा प्रतिष्पर्धा हुने देखिएको छ । तीनै जनाले आ–आफ्नो उमेद्वारी घोषणा गरिसक्नु भएको छ । यसैगरी नगर सचिवमा श्याम पोख्रेल, प्रदिप शाक्य, भोजराज पोख्रेलको नाम बजार चर्चामा रहेको छ । सक्रिय सदस्को नामावली केन्द्रबाट आउन ढिलाइ भएकोले कसले कुन पदमा प्रतिष्पर्धा गर्ने भन्ने कुरा सतहमा आइसकेको छैन ।
नेपाली कााग्रेस सुनसरी जिल्ला सह–सचिव विकास आचार्यका अनुसार सक्रिय सदस्यको अन्तिम नामावली केन्द्रबाट नविकरण भएर आएपछि मात्र को को कुन कुन पदको प्रतिष्पर्धामा आउाछन् त्यसबेला थाहा हुन्छ । दुई चार दिनभित्रैमा सक्रिय सदस्यको नामावली आउने भनिए तापनि महिनाको अन्तिम सम्ममा मात्र आइपुग्ने आफूले जानकारी पाएको पनि उहााले बताउनुभयो । सुनसरी क्षेत्र नं. १ मा पुराना १७५१ र नयाा ११ सय सक्रिय सदस्यको नविकरणका लागि केन्द्रमा पठाइएको भए तापनि नयाा सक्रिय सदस्य अधिकांशको मापदण्ड नपुगेको केन्द्रीय स्रोतले जानकारी दिएको छ । उता क्षेत्रीय समितिको निर्वाचनमा पुराना एवम् निरन्तर संघर्ष गर्दै आउनु भएका वर्तमान उपसभापति तथा कावा सभापति समेत चलाइसक्नु भएका सुरेशमान श्रेष्ठ बलियो पतिष्पर्धीका रुपमा देखिनु भएको छ । यद्यपि प्रतिष्पर्धामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत वर्तमान क्षेत्रीय सचिव सुजेन्द्र तामाङ्ग, पूर्व क्षेत्रीय उपसभापति विश्वराज शर्मा समेतले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ । यसैगरी क्षेत्रीय सचिवमा मुरारी भट्टराई, कोषाध्यक्षमा सागर प्रसाईले समेत आफ्नो उमेद्वारी घोषणा गरिसक्नुभएको छ ।
सुनसरी क्षेत्र नं. १ बाट ५ जना जिल्ला सदस्य, ११ जना महाधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमध्येबाट ५ जना महासमिति सदस्य निर्वाचित हुने विधान त व्यवस्था रहेको छ भने क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ । ११ जना महाधिवेशन प्रतिनिधिमध्ये दुईजना महिला, एकजना दलित, एक जना आदिवासी, मधेशी, मुस्लिम, पिछडा वर्गबाट एकजना महाधिवेशन प्रतिनिधि हुनेछन् । उता ५ जना महासमिति सदस्यमध्ये एक जना महिला अनिवार्य रुपमा महासमिति सदस्यमा निर्वाचित हुने व्यवस्था समेत रहेको छ । यसपटक महाधिवेशन प्रतिनिधिमा गिरिराज आचार्य, आनन्द आचार्य, भिष्म काफ्ले, हेमलाल सुब्बा, विकास आचार्य, विनोदकुमार
राई, उमेश थापा, मुकेश थापा, श्यामा
रेग्मी, चन्द्रप्रसाद श्रेष्ठ, अलिम अन्सारी, माधवगोविन्द श्रेष्ठ, निर्मल आचार्य, प्रिन्स अग्रवाल, धरान ५ का नरेश अग्रवाल, जयप्रकाश शर्मा, चन्द्र नेपाल, सन्तोष सापकोटा, पूर्ण सुवेदी, उर्मिला  प्रधान, धरान १६ का सिसाम्वर झा, विशनारायण साहको नाम चर्चामा रहेको छ भने जिल्ला सदस्यमा धरान १६ का गोविन्द बस्नेत, चन्द्रशेखर लामा, उत्तम राई, समर वमजन,
द्वारिकानाथ आचार्य लगायतको नाम चर्चामा रहेको छ ।

तपाईको प्रतिक्रिया