धरान/सुनसरी, मोरङ्ग र झापामा मालपोत र नापीको काम दलालको दादागिरीले हुने गरेको पाइएको छ ।
भित्र मेरो आफ्नै मान्छे छ, तुरुन्तै काम भइहाल्छ । बरु यसो हाकिम र फााटवालालाई विचार गर्नुपर्छ । नापी र मालपोत शाखामा भेटिने दलालहरुले सर्वसाधारण सेवाग्राहीसाग यस्तै संवाद गर्दै रकम झार्ने गतिलो धन्दा चलाएपछि इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय सम्पर्क कार्यालयले यी कार्यालयमा आÏनो कडा निगरानी बढाएको छ ।
सधैजसो भीडभाड हुने यी कार्यालयमा सेवाग्राहीहरु ठगिएका, कर्मचारीबाटै राजस्व हिनामिना हुने गरको उजुरी र गुनासा बढेपछि अख्तियारले दैनिक भीडभाड हुने यी कार्यालयमा आफ्नो निगरानी बढाएको हो । सोमबार अख्तियारको टोलीले सुनसरी, मोरङ्गको विराटनगर र बेबारीमा छड्के निरीक्षण गर्दा दलाल दाताहरुले काम
गरेको पाइयो अख्तियारका क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले भने । दलालहरुले कार्यालयका कर्मचारी सरह काम गरेका मात्र हैन कार्यालयका गोप्य कागजात पत्र हेर्ने, ढड्डा बाहिर निकाल्ने, नक्सामा आफूखुशी पेन्सिलले कोर्ने सम्मका काम गरेपछि सम्बन्धित कार्यालयका कार्यालय प्रमुखसाग स्पस्टीकरण सोधी आइन्दा त्यस्तो नगर्न अख्तियारले चेतावनी दिएको थियो ।
क्षेत्रीय प्रमुख बस्नेतले भन्नुभयो, खासगरी ति नै कार्यालयमा काम गरी सेवा निवृत्त भएकाहरु त्यस प्रकारको धन्दामा लागेको पाइयो । बाहिरका मान्छे त्यरी
सरकारी कार्यालयमा प्रवेश गरी काम गर्न पाइादैन । तर मालपोत र नापी कार्यालयमा अराजकता नै रहेछ । अर्को कुरा सरकारले व्यवस्था गरे अनुसार मालपोत र नापीका कर्मचारीहरुले पोसाक नलगाउने, परिचयपत्र नझुण्ड्याउने प्रवृत्ति समेत त्यहाा रहेछ । छड्के निरीक्षणमा देखिएका अख्तियार क्षेत्रीय कार्यालयका शाखा अधिकृत विष्णुलाल घिमिरेले कर्मचारीको हैसियतमा बसेर काम गरिरहेको सातजना पाइएको बताउनुभयो । यसैगरी इनरुवा मालपोत कार्यालयमा २० जना बाहिरी दलालले बसेर काम गरिरहेको अख्तियारका डिएसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो । उता विराटनगरस्थित मालपोत कार्यालयमा समेत १ जना र नापीमा ३ जनाले सरकारी कर्मचारीको हैसियतमा बसेर काम गरिरहेको अख्तियारका एसपी लालमणि आचार्यले बताए ।
एकातिर कार्यालयमा दलाल दादागिरी बढेको छ भने अर्कोतिर राजस्व बुझाइएको रकममा समेत कर्मचारीहरुले भ्रष्टाचार गर्ने गरेको पाइयो, क्षेत्रीय प्रमुख बस्नेतले भन्नुभयो । मेची नगरपालिकाले ५ करोडको जग्गा किन्दा १३ लाख राजस्व बुझाए तापनि मालपोत कार्यालयमा भेटिएको रसिदमा २ लाख मात्र उल्लेख भएको पाइयो । सोही नम्बरको
रसिदमा नगरपालिकासाग रहेको रसिदमा १३ लचाख उल्लेख गरिएको छ भने मालपोत कार्यालमा भएको रसिदमा २ लाख मात्र रहेको छ । यो १३ लाख रुपैया भ्रष्टाचार भयो । यस्ता अरु पनि धेरै रसिद हुन सक्छन् । उहााले भन्नुभयो हाल हामी एक लाख भन्दा बढी राजस्व तिरेर जग्गग पास गरेका रसिदहरु संकलन गर्दैछौं । मिति, रसिद नम्बर, राजस्व सहितको विस्तृत विवरण तयार गर्दैछौं । हाल मोरङ्गको मालपोत कार्यालयबाट मात्र १ लाख भन्दा बढी
राजस्व तिरेको ५४ वटा रसिद संकलन गरेको र अन्य जिल्लाका मालपोतबाट समेत यसरी संकलन गरी अनुसन्धान गर्ने कार्यलाई अगाडि बढाएका छौं, प्रमुख बस्नेतले भन्नुभयो । उहााले भन्नुभयो व्यक्तिले किन्दा प्राय: हिनामिना हुादैन तर संघ संस्था तथा सरकारी कार्यालयले जग्गा खरिद बिक्री गर्दा अनियमितता हुने गरेको उहााले प्रष्ट पार्नुभयो । छड्के निरीक्षण, कारबाहीसागै नापी र मालपोत कार्यालयमा अख्तियारको चेतावनीसहितको बोर्ड झुण्ड्याउने तयारी समेत भइरहेको प्रमुख बस्नेतको भनाई छ ।
