नेपालीसंगै काम गर्न रुचाउ+छु : सञ्जिता प्रधान

वाशिंगटनडिसी,/ अमेरिकाका राष्ट्रपति बराक ओवामाको सल्लाहकार समिति सदस्यसंग यहाा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।
अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा ओवामाको सल्लाहकार समिति सदस्य नेपाली मुलकी संजिता प्रधानलाई सहभागीहरुले बधाई दिनुको साथै भब्य स्वागत गरेका थिए । उक्त दूर संवाद माध्यमबाट गरिएको
अन्तरक्रिया कार्यक्रममा अमेरिका तथा क्यानाडाबाट विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रधानले भूकम्प पिडित,अस्थाई
संरक्षण दर्जा (टिपीएस ),अन्य विविध विषयलाई समेट्दै आफ्नो पदको भूमिका बारेमा बताएकी थिइन् ।
प्रधानले आफ्ना कुराहरु राख्दै कार्यक्रममा आफुलाई बोल्ने अवसर दिएकोमा हर्ष व्यक्त गर्दै संस्था तथा पदाधिकारीलाई धन्यबाद दिईन । आफ्नो काम निकै चुनौतीपूर्ण छ भन्दै आफु आएको ९ बर्षमा निकै मेहनत गर्नु
परेको बताउदै आफु यस ठाउामा पुग्दा अन्य एसियन समुदायमा एक प्रकारको जलन हुन पनि सक्ने रहेको आफुलाई लागेको बताईन ।
आफ्नो काममा सम्मान भएकोमा आफुलाई खुशी लागेको बताउदै आफुले एसियन समुदायसंग काम गर्नु पर्ने छन् भन्दै आफु नेपाली समुदाय संग काम गर्न रुचाउछु भनिन ।
प्रधानले अगाडी भनिन, ‘ हामीले दोश्रो पुस्ताको लागि काम गर्नु पर्ने अपरिहार्यता रहेको छ, नेपाली समुदायले समाबेसी हुनु पर्ने छ । समाबेसी भएमा हामी तल्लो स्तरबाट राज्य स्तर र
राज्य स्तर बाट केन्ऽमा पुग्न सक्ने
छौ ।
उक्त कार्यक्रममा अधिकांस भूकम्प तथा अस्थाई संरक्षण दर्जा
(टेम्पोररी प्रोटेक्टेड स्ट्याटस) बारेमा ज्यादा चर्चा भएको थियो ।
नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)का जन सम्पर्क समितिका संयोजक प्राध्यापक डा नर काजी गुरुङले उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली र नेपालको हितको लागि विशिष्ठ व्यक्तित्वलाई छलफलमा बोलाउने गरेको जानकारी गराएका थिए ।
डा गुरुङले संजिता प्रधानको संक्षिप्त परिचय दिएका थिए भने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञासा
राखेका थिए । संजिता प्रधानले सबैको जिज्ञासाको उत्तर दिएकी थिइन् ।
संस्थाको तर्फबाट डा गुरुङले धन्यबाद दिएका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति राम चन्ऽ बराल(बिद्या वारिधि )ले गरेका थिए । डा बरालले संजिता प्रधानलाई कार्यक्रममा स्वागत गर्दै बधाई दिएका थिए भने राष्ट्रपति ओबामाले प्रधानलाई नियुक्ति गरेकोले नेपाली समुदायमा
रौनक आएको बताएका थिए ।

तपाईको प्रतिक्रिया