भारतद्वारा उदयपुर जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

धरान । भारत सरकारको नेरु ३ करोड ७९ लाख आर्थिक सहयोगमा उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित जनता बेलका माध्यामिक विद्यालयको उयपुरका सांसद एवम् पूर्व परराट्रमन्त्री डा. नारायण खड्का र भारतीय राजदुतावास काठमाण्डौका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । सो अवसरमा स्थानीय राजनैतिक पार्टीका जनप्रतिनिधि, नेपाल सरकारका कर्मचारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा आवश्यक कक्षा कोठा र अन्य पूर्वाधार संरचना सहितको तीनतले विद्यालय भवन निर्माण हुने भएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिला साना विकास परियोजनाको नामले परिचित उक्त परियोजनालाई हाल उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारले अघि बढाएको हो । उक्त परियोजना बेलका नगरपालिका मार्फत कार्यान्वयन गरिने भएको छ ।


शिलान्यास कार्यक्रममा बोल्दै डा. नारायण खड्काले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु्¥याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । यसैगरि भारतीय राजदुतावास काठमाण्डौका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले यस्ता परियोजनाहरु भारत र नेपाल बीचको बलियो विकास साझेदारीका रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो यस्ता परियोजाले हालैका बर्षमा उल्लेख्य प्रगति हाँसिल गरेको र नेपाल सरकार, नेपाली जनताको प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटिएको छ । दुवै देशका जनताको हितका लागि नेपाल सरकारले प्राथमिकता अनुरुप विकास साझोदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै नेपालका उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनले गत महिना सफलतापूर्वक २० बर्ष पूरा गरेको समेत नियोग उपप्रमुख श्रीवास्तवले बताउनुभयो । यहाँ मराीय कुरा के छ भने सन् २००३ यता नेपालमा विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८८ वटा सम्पन्न भइसकेका छन् । यीमध्ये ८४ वटा परियोजना कोशी प्रदेशमा रहेका र उदयपुर जिल्लामा ११ वटा परियोजना छन् । यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । उदयपुर जिल्लामा हालसम्म १२ वटा एम्बुलेन्स र १ स्कूलबस उपलब्ध गराइएको छ । छिमेकी पहिलो नीति अन्तर्गत भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रहरु विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा, पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया