एयरपोर्ट निर्माणमा प्राविधिक कठिनाई भएको अध्यन टोलीको भनाई

धरान । चर्चै चर्चाको बीचमा नागरिक उड्ययन प्राधिकरणको अध्ययन टोलीले धरान १७ स्थित डाँडाघोपामा निर्माण हुने भनिएको विमानस्थलको स्थलगत अध्ययन गरेको छ । अध्ययनका क्रममा टोलीले धरानेहरुको सहयोग भएमा एयरपोर्ट बन्ने कुरा बताए पनि प्राविधिक पक्ष भने विमान स्थल बन्ने कुराको ठीक विपरीत भएको पाइएको छ । २० बर्ष शुरु भएको विमान स्थल निर्माणको प्रक्रिया अन्तर्गत पटक पटक अध्यन टोली आएर अध्ययन गरे । अध्ययन टोलीले धरानमा बन्न लागेको विमान स्थलको रिपोर्ट भने एउटै दिने गरेको छ । प्राधिकरणको टोलीले २०६७ र २०७३ सालमा गरेको सम्भाव्यताको अध्ययनमा ुसमेत अहिलेकै जस्तो निष्कर्ष निकालेको थियो ।


पहिलो पटकको अध्ययन ट्विनटर (१७ सिटे) विमानको लागि ९ सय मिटर रन वेको मात्र भएको र दोस्रो पटकको अध्ययनले एटिआर ४२ सिट विमानको लागि पनि अध्ययन गरेको थियो । पछिल्लो समय मन्त्री सुदन किरातीले पठाएको टोलीले समेत सोही कुरा उल्लेख गरेको छ । अध्ययन टोलीले ४२ सिटे क्षमताको जहाजको लागि १२ सय मिटर रनवे आवश्यक  पर्छ । तर, नेपालमा जहाज नै एउटा मात्र भएकाले सञ्चालन हुन कठिन हुने अध्ययन टोलीलको निष्कर्ष छ । प्राधिकरणले २०७४ सालमा प्राधिकरणको टोलीले गरेकोे अध्ययन पश्चात गरेको् अध्ययन टोलीले एटीआर ४२ सिट क्षमताको जहाज उडान भर्नका लागि करिब ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने उल्लेखसहित उपमहानगरपालिकालाई जग्गा उपलब्ध गराइदिन पत्र समेत पठाएको थियो । यस भन्दा अगाडिका अध्ययन टोलीजस्तै अहिले आएको तीन सदस्यीय टोलीले समेत विमान स्थल भएको दूरीदेखि धरानसम्मको दूरीलाई समेत हेर्दा विमान स्थल बन्ने कुरामा आशंका गर्न सकिन्छ । हवाई नीति २०६३ को बुँदा ५ को ७.१ मा निकटस्थ विमानस्थलबाट प्रस्तावित विमानस्थलको दूरी हिमाली र पहाडी क्षेत्रमा साधरणतया २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ । ४० नटिकल भन्नाले एक एयरपोर्टबाट अर्को स्थानको एयरपोर्टको दूरी ७४ किमीको दूरी भन्ने बुझिन्छ । तर विराटनगरदेखि धरानसम्मको दूरी भनेको ४० किमी रहेको छ । विमान स्थल बनाउने कुरामा प्राविधिक पक्ष फितलो भएपनि अध्ययन टोलीमा आएकाहरुले भने अहिलेको प्रतिवेदन र पहिलाको प्रतिवदनलाई हेरेर बनाइएको प्रतिवेदन सम्बन्धित ठाउँमा पेश गर्ने बताएको छ । धराने जनताको सहयोग भएमा एयरपोर्ट बन्ने अडान भने अध्ययन टोलीका सदस्य एवम् नेपाल उड्यान प्राधिकरणका कानुन अधिकृत विमल खनालले बताउनुभयो । बीस वर्षअघि अर्थात २०६० सालमा धरानमा एयरपोर्ट बनाउने शर्तमा धरान वडा नम्बर १७ डाँडा घोपामा यति कर्पोरेटले जग्गा समेत खरिद गरेको थियो । शाही कालका मेयर कुमार कार्कीले शुरु गरेको विमान स्थल निर्माणको प्रक्रियामा मुलुकमा लोकतन्त्रपश्चात निर्वाचित जनप्रनिधिले समेत धरानमा विमान स्थल बनाउने प्रत्यत्न भने धेरै  गरे । अध्ययन टोलीले यो सहित तीन पटक प्रतिवेदन बुझाइसक्ने छन् तर जग्गा अपुग भएकै अवस्थामा उपमहानगरपालिकाले विमान स्थलका लागि चाहिने जग्गा उपमहानगरपालिकाले उपलब्ध गराउन सकेको छैन । सर्वसाधारणको चाहना पनि धरानमा एयरपोर्ट बनोस् र यहाँबाट सहज रुपमा हवाईजहाज चढ्न पाइयोस् भन्ने चाहना राखेका छन् तर २० बर्षदेखिको प्रक्रिया अझै टुंगो नलागेकाले विमानस्थल बन्नेमा भन्ने अझै आशंका व्यक्त गर्छन । अहिले उपमहानगरपाकिाले जग्गा उपलब्ध गराउन सकेको छ छैन नै भएको जग्गा समेत अतिक्रमण तथा प्लटिङबाट धमाधम विक्री भइरहेका छन् । विमानस्थल बस्ने स्थानमा केही ठाउँमा भौतिक संरचना समेत बनिसकेको अवस्था छ । एयरपोर्टका लागि यति कर्पोरेटले ३४ परिवारको ७ विगाहा १४ कट्टा जग्गा खरिद गरेको भएपनि अहिले यति कर्पोरेशनको नाममा ६ विगाहा १८ कट्टामात्र जग्ग भएको उल्लेख छ । बाँकी जग्गा व्यक्तिको नाममा गइसकेको अवस्था छ । विमान स्थलका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणले धरानमा विमान स्थल बनाउने कुनै आधार नभएकोले सहमति अनुरुप जग्गा फिर्ता गर्न धरान उपमहानगरपालिलाई अनुरोध गरेका थिए । जग्गा धनीको आग्रहलाई मेयर हर्क साम्पाङले केही समय अगाडि जग्गा फिर्ताका लागि पटक पटक छलफल पनि राख्नुभयो । तर सम्बन्धित पक्ष यति कर्पोरेटका प्रतिनिधि छलफलमा नै आएनन् । जग्गा फिर्ता गर्न धेरै पहल गर्नुभएका मेयर साम्पाङ समेत एकाएक पासा पल्टेझै विमान स्थल बन्ने र बनाउनुपर्छ भन्ने अवस्थामा पुग्नुभएको छ । प्राविधिक पक्ष फितलो हुदाहुदै मेयर साम्पाङले समेत विमान स्थल बनाउन सम्भव भएको बताउनुभएको छ । २०६० सालदेखिको लगातार विमान स्थल बनाउने कुराको चर्चा परिचर्चा हुने, अध्ययन टोली अध्ययनका लागि आउने, प्राविधिक त्रुटी देखिदादेखिदै पनि धराने जनतालाई विमान स्थल बन्ने कुराको आश्वासन दिँदै झुक्याउने काम गरिदै आएको छ । यो विमान स्थल निर्वाचनताका भोट तान्ने माध्यम भएको छ । हरेक निर्वाचनमा मेयर तथा प्रदेश र प्रतिनिधि सभाका उमेद्वारले धरानको एयरपोट बनाउने एजेण्डा पहिलो प्राथमितामा राख्छन्, जितेर गएपछि यो एजेण्डा ओझेलमा पर्ने गरेको छ । विमानस्थल बन्ला नबन्ला त्यो भविष्यकै गर्भमा छ तर दल तथा उमेद्वारको राजनीति गर्ने मुख्य आधार भने धरानको एयरपोर्ट बन्ने गरेको छ ।

तपाईको प्रतिक्रिया