धरान । सोमबार बालाचर्तुदशी पर्व । दिवंगत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै सोमबार बिहानैदेखि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा सतविज छर्नेको घुइँचो लागेको छ । सदविज छर्न श्रद्धालु भक्तजनहरुको आइतबार रातिदेखि नै धरानमा भीड लागेको थियो । सदविजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ । आजको दिन सद्विज दिवंगत पितृहरुको आत्माले शान्ति पाउने जन विश्वास रही आएको छ । यस्तै अघिल्लो दिन साँझ बत्ती बालेर जाग्राम बस्ने प्रचलन छ । पितृहरुलाई अँध्यारोबाट मुक्ति दिँदै उज्यालो देखाउन बत्ती बाल्ने गरिएको भन्ने मान्यता रही आएको छ । यसै क्रममा धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा हिजो साँझबाटै सद्विज छर्न आउनेहरुको भीड लागेको थियो । साँझ बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले विहान सद्विज छरेका थिए । दिवंगत आत्माको शान्ति पाउने सद्विज छर्न गएका भक्तजहरुले बताएका छन् । मन्दिरमा बत्ती बाल्दा, सद्विज छर्दा र साधु सन्तलाई जतिसक्दो सहयोग गरेका खण्डमा पितृहरु खुशी हुने जनविश्वास रहेको छ । बत्ती बाल्दा अँध्यारोमा बसेका पितृहरुलाई उज्यालो हुने र बाटो देख्ने मान्यता रही आएका कारण बालाचर्तुर्थीका दिन प्रत्येक बर्ष बत्ती बाल्ने र सद्विज छर्ने गरेको ५६ बर्षीय भुवनीश्वरी राई बताउनुहुन्छ । क्तजनहरुले आजको दिनलाई पितृकै श्रद्धा गर्ने दिनको रुपमा लिने गरेको पाइएको छ । पितृहरुलाई सम्झेर बत्ती बाल्ने र सद्विज छर्दामात्र आर्शिवाद प्राप्त हुने जनविश्वासका साथ उनीहरुले त्रयोदशीका दिन राति जाग्राम बसेर बत्ती बाल्ने र बाला चर्तुदर्शीका दिन सद्वी छर्ने गरिएको स्थानीय पदक कार्की बताउनुहुन्छ ।

खासगरी अकालमा मृत्यु भएका र राम्रोसँग मृत्युकर्म गर्न नसकिएका पितृहरुको लागि सम्पन्न गर्नुपर्ने नियम पुरागर्न नसकेमा मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वास समेत रहेको छ । यसलाई मध्यनजगर गरी धरान १४ को विजयपुरमा रहको रुद्राक्षरण्य पिण्डेश्वर मन्दिरमा बर्षेनी बालाचर्तुदशीका दिन भीड लाग्ने गरेको छ । विश्वास बढेकै कारण बर्षेनी भक्तजनहरुको संख्या थपिदै गएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । त्रियोदशीको रातीबाटै अत्यन्तै भीड रहेको मन्दिरमा बालाचर्तुदशीका दिन सद्वीच छर्नेको भीड समेत अत्याधिक रहेको समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । धरानको पिण्डेश्वर मन्दिरमामत्र हैन देशभरका शिवालयमा यस दिन पितृको सम्झानमा सद्विज छर्नेको उत्तिकै भीड रहेको छ । हिन्दु सनातन धर्मालम्बीहरुको मुख्य पर्व रहेको छ । आर्थिक आस्थाप्रति जनविश्वास बढ्दै गएको छ । पछिल्लो समय युवा, युवती, बृद्धबृद्धा सबैले यो पर्वलाई आत्मसात गर्दै पितृलाई शान्ति प्रदान गर्दै आफूले आर्शिवाद ग्रहण गर्ने दिनको रुपमा लिएर पितृको नामा अघिल्लो रात बत्ती बालेर जागाम बस्ने र बाला चर्तुदशीका दिन सदविज छर्ने प्रचलन बढ्दै गएको छ ।
