बुढासुब्बा मन्दिरमा शैक्षिक भ्रमणमा आउनेको संख्या अत्याधिक

धरान । कोशी प्रदेशको धरान उपमहानरपालिकाको धरानको शीरमा रहेको बुढासुब्बा मन्दिर नेपालकै प्रख्यात मन्दिरको रुपमा परिचित बन्दै गएको छ । नेपाल अन्य कुनै ठाउँमा रहेको यो बुढासुब्बा मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व चुलिदै गएको कारण कोशी प्रदेशका विभिन्न भागबाट शैक्षिक भ्रमणका लागि आउनेको रोजाइमा पर्ने गरेको छ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुढा सुब्बा मन्दिर दर्शन गर्न आउने तथा भ्रमणमा आउनेहरुको आकर्षकको केन्द्र विन्दु बनेको छ । नेपालमै धरानको विजयपुरमा मात्र रहेको यो मन्दिरको चर्चा परिचर्चा चुलिएकै कारण दर्शन गर्ने भन्दा पनि विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा यहाँ आउनेको संख्या बढ्दै गएको छ । यो मन्दिरमा शैक्षिक भ्रमणका लागि स्याङ्जा, धादिङ, पाल्पा, पोखरा लगाएका ठाउका विद्यालयका विद्यार्थीहरु आउने गरेका छन् । यो मन्दिरमा आउनेहरु सबै धर्म, जातजातिका हुने् गरेका छन् । धादिङको एक विद्यालयकी शिक्षिका एलिसा तामाङ क्रिश्चियन धर्ममा आस्था राख्नुहुन्छ । तामाङले सबै धर्म सँस्कृति सबैको साझा सम्पत्ति भएकोले शैक्षिक भ्रमणका क्रममा पूर्वका विभिन्न स्थानमा भ्रमण गरेपनि बुढासुब्बा मन्दिर दर्शन तथा अवलोकनका लागि आएको बताउनुभयो । धार्मिक आस्थाले भरिएको ठाउँ विजयपुरको बुढासुब्बा मन्दिरको विषयमा विद्यार्थीले किताबी ज्ञानमात्र लिएकोले बुढासुब्बा मन्दिरको वास्ताविकता बुझाउन र बुझ्नकै लागि भएपनि यहाँ आएको उहाँले बताउनुभयो । बुढासुब्बाको प्रचारप्रसारसँगै सञ्चारमाध्यममा मात्र थाहा भएको बुढासुब्बा मन्दिरलाई नजिकबाट नियाल्नकै लागि यहाँ आएको अर्की शिक्षिका लालकुमारी तामाङ बताउनुहुन्छ । नेपालमा एकमात्र रहेको बुढासुब्बा मन्दिरको विषयमा जानकारी गराउन र पूर्वको भ्रमणका क्रममा आफूले सुनेको धरानको विषयमा बुझ्न शैक्षिक भ्रमणका क्रममा बुढासुब्बा मन्दिर आउने गरेको शैक्षिक भ्रमणमा आएकाहरुले धादिङकै एक विद्यालयका शिक्षक अर्जुनबहादुर तामाङ बताउनुहुन्छ ।


यहाँका रहेको टुप्पो विनाको बासले समेत धार्मिक आस्थामा राख्नेहरुको चासोको विषय बन्ने गरेको छ । बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने क्रममा एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लागेको र त्यस दिनदेखि बाँसको टुप्पो नबढ्नेको कुराको किवदन्ती छ । यसै कारणले विजयपुरमा कहिल्यै काग नआएको भनाई समेत रहेको छ । बासमा मटेंगाले लागेपनि बुढासुब्बाले सिकार खेल्न छोडेको र आफ्नो गुलेलीलाई माटोमा पुरिदिएकोले यहाँको बास टुप्पो बिनाको उम्रिएको किवदन्ती छ । यस्ता धेरै कुराहरुका कारण सर्वसाधारणलाई चासो बढेकै कारण विद्यार्थीहरु समेत उत्सुकताका साथ यहाँ आउने गरेको बताउँछन् ।  यहाँ आउने प्रेमी प्रेमिकाकाले विगतमा मन्दिरआसपासमा भएका बाँसमा नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किवन्ती रहेकाले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे । तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । यी यावत कुरालाई नजिकबाट नियाल्न र बुढासुब्बा मन्दिरको वास्तविकता बुझ्नकै लागि पूर्वको भ्र्रमणका क्रममा विजयपुरमा रहेको बुढासुब्बामा आएको श्री रामतुलसी नमूना विद्यालयका शिक्षक गुणराज ढकाल बताउनुहुन्छ पश्चिमबाट अहिले दैनिक २० देखि २० वटा विद्यालयका बस बस रिजर्व गरेरै बुढासुब्बा मन्दिरमा भ्रमणका लागि आउने गरेका छन् । यसले बुढासुब्बाको प्रचारप्रसारसँगै सुस्त भएको पर्यटन व्यवसायीलाई समेत चलायमान बनाउन सहज बनाएको छ ।

 

तपाईको प्रतिक्रिया