भुकम्प प्रभावित क्षेत्रमा श्रमदानका लागि काँग्रेस टोली त्यसतर्फ प्रस्थान

धरान । भुकम्प प्रभावित क्षेत्र जाँजरकोटका भुकम्प पीडितलाई नेपाली काँग्रेस धरान उपमहानगर समितिले सहयोग गर्ने भएको छ । नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले भुकम्प प्रभावित क्षेत्रमा श्रमदानबाट २ वटा अस्थायी आवास निर्माण गरिदिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुरुप कांग्रेसको धरान कार्यसमितिले जाजरकोटमा २ वटा अस्थायी आवास निर्माण गर्ने भएको नगर सभापति श्याम पोख्रेलले बताउनुभयो । उहाँका अनुसार आवास निर्माणको लागि धरानका निवर्तमान मेयर एवं कांग्रेस महासमिति सदस्य तिलक राईको नेतृत्व ६ जनाको टोली जाजरकोटतर्फ प्रस्थान गरेका छन् ।


राईसँगै कांग्रेस प्रदेशसभा १÷१ का सचिव राजेन्द्र राई, प्रदेशसभा १÷२ का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष विक्रम तामाङ र कांग्रेस वडा १७ का सचिव सुर्यकुमार सुनुवार समेत गएको सभापति पोख्रेलले जानकारी दिनुभयो । टोलीलाई सोमबार नेपाली कांग्रेस धरान कार्यसमिति, सुनसरी क्षेत्र नं १, प्रदेशसभा १÷१ र प्रदेशसभा १÷२ कार्यसमितिले एक कार्यक्रम आयोजना गरि विदाई गरेको थियो । सो टोली मंगलबार बिहानै जाजरकोटतर्फ प्रस्थान गरेको सभापति पोख्रेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया