विदेशी कार्पेट
जब जब दैवी विपत्ति आइपर्छ सरककारमा बसेका र पहुाचमा भएकाहरुलाई बडा दशैं नै आउादो
रै’छ । विनासकारी भुकम्पले विध्वंस मच्चाउदा कैयौले ज्यान गुमाए, कैयौ अंगभंग भए, घरबारविहीन भएकालाई दया माया गरेर ओतका लागि टेन्ट र ओछ्याउनका लागि ब्लांकेट पठाइदिए । तर हाम्रो सरकारमा बसेका मन्त्रीहरुले त्यस्ता टेन्ट र त्रिपाल सबै हाम बनाइदिए । झन सहरी विकास मन्त्रालयका मुखिया डा. नारायण खड्का, अर्जुनबहादुर कार्की र त्यो महेन्द्र सुब्बा भन्नेले २५
करोडको टेन्ट नै ह्पाप्स गरिदिए छन् । खै यस्तालाई त पाता कसेर लडाउनुपर्ने हो तर हाम्रा लिखुरे सुशिल दा’ले ह्याउ देखाउनै सक्या छैनन् । अझ विदेशबाट आएका महागा लचकदार कार्पेटहरु त मन्त्रीका घर, सालासाली, ज्वाइ, जेठान सबैकोमा पुग्या छ रे । हे भगवान विदेशबाट मर्नेहरुका लागि कात्रो आएपनि यिन्ले नछाड्ने रै’छन् । कि कसो हौ ?
परेछ ठाकठुक
काम छैन काज छैन खाने बेलामा लाज छैन भनेझौ हाम्रा बेकामे राष्ट्रपति साह्रै पट्यार लाग्न थालेसी यसो भुकम्पले पुर्याएको क्षति हेर्दै
रमाउन थाल्या थे त्यो एमालेका सभासद यज्ञराज सुनुवारले अस्तिका दिन भााजो हालिहालेछन् । हात्ती आयो हाती आयो फुस्सा भनेझै राज्येको ढुकुटीबाट हेलिकोप्टर चढेर सेना र प्रहरीलाई अघिपछि लगाइ भुकम्प प्रभावित क्षेत्रमा गएर हेर्दै फर्कदै गरेका राष्ट्रपतिलाई सुनुवारले दह्रै दनक
देछन् । राहत वितरण गर्ने कार्जेक्रममा सभासद सुनुवारले बोल्न राष्ट्रपतिले रोकेछन् । झालेमालेका सभासद त्यसमाथि सुनुवारले पनि प्याच्च भन्देछन् काम न काज विना सित्तिमा छापामार शैलीमा प्रभावित क्षेत्रमा जाने अनि बोल्न अरुलाई नदिने ? सुनुवारले यसो भन्नसाथ उहिताको अपानायु छाडेजस्तो अनुहार भएका जादवको अनुहार हरेउ जस्तै भएछ । उन्ले सनुुवालाई सप्रिनु भन्दै धडियाको फुर्को समातेल चल्देछन् ।
स्टेण्डर भिखारी
सरकारले नेपाललाई स्टेण्डर भिखारीको रुपमा परिणत गर्न थाल्या छ रे । भुकम्पले यो संयोग जुराइ द्या हो रे । होला पनि जाबो त्रिपाल धरी चपाउने मन्त्री, सचिव, सह–सचिव, सभासदहरुले भुकम्प आएसी गतिलै आर्जन गर्या छन् । पीडितहरु पटुका कसेर बस्या छन् तर सरकार र दलका दलालहरुको पेट सुन्निएर उटुसमुटुस भा’छ । दाताले द्या कर्कट पाता समेत चपाए । कस्तो अजीर्ण थुतुनो र लाद्रे भुडी हो त्यो ? अब यतिले नपुगेर दाता सम्मेलन नै
गराएर अझ बढी झार्न यतिबेला सरकारका बुख्यााचाहरु अन्तर्राष्ट्रिय म्याराथनमा लाग्या छन् । भिखारीहरुलाई भिख चाहिएको छ भने टोलभरिका सबैलाई एकै ठाममा जम्मा गरेर कचौरा थाप्या त कहिल्यै सुन्या थेन । तर सरकारका बुख्यााचाहरु त्यसै गर्देछन् । आइदेउ हाम्लालई माल देउ भनेर निम्तो बााड्दैछन् । आएको जति सबै हसुर्ने अनि पटक पटक कचौरा थाप्ने ? अब भुकम्प पीडितले भन्नुपर्यो हाम्रा नाममा भिख नमाग, देशलाई भिखारी नबनाउ । यसो भएमा भुकम्प पीडितले भन्नुपर्यो हाम्रा नाममा भिख नमाग, देशलाई भिखारी नबनाउ । यसो भएमा भुकम्प पीडित र देशको पनि अलिकति इज्जत रहला कि ?
रक्सीको खपत
भुकम्प प्रभावित क्षेत्रमा यतिबेला अर्थोक नभएपनि रक्सीको खपतचाहिा ह्वात्तै बढेको छ । भुकम्पले घरधुरी संख्या बढाएसी रक्सीको खपत बढ्या हो रे । होला पनि हौ ? भुकम्प जानु अगाडि १० घर धुरी रहेको गाउामा बढेर ह्वात्तै २०–२५ घरधुरी पुगेको
छ । भुइचालोले गाउा नै सोहोरेर बेपत्ता बनायो, त्यत्राविधि मानिसलाई मृत्युको मुखमा पुर्यायो, तै पनि घरधुरी बढ्नु भन्या खुशी कै कुरा हो । विनाशपछि नव निर्माण हुन्छ भन्थे हो रै’छ । प्रत्येक घरधुरीलाई राहत दिने भन्या छ । त्यै १५ हजारको दरले राहत लिन श्रीमान, श्रीमति, छोरा बुहरीले बेग्लाबेग्लै भ्याद्या छन् । यी सबैले एउटै घरधुरीका नाममा राहत लिया भे’ जाबो १५ हजार मात्र हातलागी हुन्थ्यो । अब परिवारका जनै पिच्छे १५ हजार आएसी गाउामा
रक्सीको खपत नबढेर के बढ्छ त ? जे होस् भुकम्पले धेरैलाई जड्याहााचाहिा बनाउने भयो ।
वित्थाको आरोप
यो हप्ता अर्थमन्त्री डा. रामशरण महतका भतिजा उर्फ स्वकीय सचिव रमेशमहतमाथि जस्तापाता खाएको, जस्ता पाता बेचेको गम्भीर आरोप लाग्यो । विचराले आफूमाथि आरोप लागेसी’ स्वकीय सचिवबाटै
राजीनामा दे’छन् । चारैतिरबाट ख्याउा ख्याउा गरेसी कन्पारो तातेर उन्ले राजीनामा देछन् । कन्पारो तातिएकै बेला एकजना
सञ्चारकर्मीले पनि यसो एक दुई ढिष्युा पाएछन् । अब सवाल रहयो ती महतले जस्तापाता घिच्या नै हुन त ? पत्याउने कुरा पो गर्नुपर्छ त ? जस्तापाता पनि कसैले घिच्न सक्छ ? यस्तो कडा चिज Ïयाट्ट छुादा त च्याट्ट काट्छ । घण्टाघरलाई चाहिा उन्ले घिचेको कुरामा ज्यान गए नि विश्वास छैन । बााकी रहयो बेचे भन्ने कुरा । खरिद बिक्री गर्नु बेचविखन गर्नु एउटा व्यावसाय हो । व्यवसाय नै गर्न पाइादैन भन्नु त गलत कुरा हो । भुकम्पले तहसनहस भएको बेला उन्ले जस्तापातको व्यवसाय गरे । यसमा उदेक मान्ने कुरै भएन । विचराले खाइपाइ आएको पदबाट वित्थामा राजीनामा गरे । कि कसो हौ ?
खिस्रिक्क खप्रओ
भौतिक रुपमा न आगे न पिछे लिंठिङ्ग बीचमा उभिएका खप्रओले पर्धानमन्तरी पड्काउन भुकम्पपछिका दिनमा कम्ता पापड बेलेनन् । ग्रह नै नमिल्ने माउवादीसाग अप्राकृतिक उठबस गरे, मधेशी दलहरुलाई उफारे, कााग्रेसकै केही आयाराम गयारामलाई हातमा लिए । तर सुशिल दा’ गल्दै गलेनन् कहिले राजीनामा गर्न दबाब दिए, कहिले तेस्रो लिागी रामचन्द्रेले मुख मिठ्याए तर सुशिल दा’ गल्दै गलेनन् । गााठी हेर्दा पो त्यस्ता छन् त क्यान्सरलाई समेत पचाउने खुवी भा’का सुशिल दा’ नगलेसी हिजो आज खप्रओ बालकोटतिरै डल्लो परेर खिस्रिक्क पर्या छन् रे ।
अन्तेमा
एघार जिल्लाका एघार ठाममा घर बनाइदिने गुड्डी हाक्दै हिाडेकी सुजु जोष्ट हिजो आज कहाा लापत्ता भइन कुन्नि । काले धन निकालेर घर बनाइदिने भन्या होला त्यो सम्पत्ति सुद्धिकरण आयोगले आाखा कर्काएको सुजु जोष्ठले चाल पाइछन् कि
क्या हो ? यतिबेला एघार जिल्लाका एघार ठाामकमा मान्छेले सुजुलाई धारे हात लगाउन थाल्या छन् ।
त्र
