जनकपुर/भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीको पहलमा यसैबर्षदेखि जुन २१ लाई अन्तर्राष्ट्रिय योगा दिवसको रुपमा संसारभरि नै मनाउन लागिएको छ । अन्तर्राष्ष्टि्रय योगा दिवस सफल बनाउन नेपालस्थित रहेको भारतीय
राजदुतावास काठमाण्डौ, महावाणिज्य दुतावास वीरगञ्जले झण्डै एक महिना अगाडिदेखि नै योगा सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका
छन् ।
नेपालका उद्योगी व्यवसायी, चलचित्र क्षेत्रका कलाकार, चिकित्सक तथा अन्य सर्वसाधारणले समेत यतिबेला योगातर्फ आफ्नो अभिरुची बढाउन थालेका छन् । मानव शरीरमा हुने अनेकौ रोगका लागि योगा अचुक औषधि सरह हुने भएकोले योगातर्फ सबैको ध्यान केन्द्रित हुन थालेको योगाका पछिल्ला गतिविधिले प्रष्टयाएको छ ।
विरगञ्जस्थित रहेको भारतीय महावाणिज्य दुतावासले सोमबार धनुषा सदरमुकाम जनकपुरमा एक वृहत योगा शिविर सञ्चालन गरेको छ । पहिलो अन्तर्राष्ट्रिय दिवस भएकै कारण यसलाई व्यापक बनाउने उद्देश्यले जनकपुरमा शिविरको आयोजना गरेको बताइएको छ । पतञ्जली योग जनकपुरको सहकार्यमा सम्पन्न योग शिविरमा ५ सय ५० जनाको असहभागिता रहेको थियो । सोमबार विहान ५:३० देखि सञ्चालन भएको शिवर ७:३० सम्म चलेको थियो । शिविरमा बरिष्ठ चिकित्सक डा. दयाशंकर सिंहले योगका माध्यमबाट शरीरका अनेकौ रोगहरु निर्मुल गर्न सकिने बताउनुभएको
थियो । सो अवसरमा भारतीय महावाणिज्य दुतावासकी वाणिज्य दूत अञ्जु रन्जनले उपस्थिति सबैप्रति धन्यवादज्ञापान गर्नुभएको थियो ।
