खुकुरी हानाहानबाट दुई घाइते

धरान । खुकुरी हानाहानबाट धरानमा दुई जना घाइते भएका छन् । खुकुरी हानाहान गर्ने दुवै जना साथी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  एक आपसमा खुकुरी हानाहान गर्दा धरान १६ गणेशमान चोकका १६ बर्षिय सोहिल श्रेष्ठ र धरान ३ का सुजल सुन्दास घाइते भएको प्रहरीले जनाएको छ ।


दुवैकोे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपश्चात डिस्चार्च भइसकेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया