झापा । झापा जिल्लाको कन्काई नगरपालिकाको सुरङ्गामा सोमबार राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईको कार्यक्रमका लागि तयार पारिएको मञ्च एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताहरुले तोडफोड गरी आगजनी गरिदिएका छन् । अभियानमा सरिक सुरुङ्गका स्थानीयहरुद्वारा आयोजित हुने कार्यक्रमका लागि आइतबार मञ्च लगायत सम्पूर्ण तयारी पूरा भएको थियो, स्थानीय सुदिप ढकालले जानकारी दिनुभयो । तर राति मञ्च तोडफोड गरी आगजानी गरिएको छ ।
उहाँले भन्नुभयो यो घृणित कार्य युवा संघको हो । मञ्च तोडफोड घटनापश्चात एमाले र उसको भातृ संगठनप्रति स्थानीयले आक्रोस पाखेका छन् । ढकालले भन्नुभयो पञ्चायतको अन्तिम समयमा पञ्चहरुले जसरी प्रतिकार समिति बनाएर कार्यक्रमहरु विथोल्ने काम गरेका थिए अहिले प्रसाईको कार्यक्रममा त्यस्तै रवैया देखिएको छ । यस्ता कार्यको जति निन्दा गरे पनि कम हुन्छ, ढकालले भन्नुभयो ।

