राजाको भ्रमणमा सुनियोजित अफवाह

धरान । नेपालका राजा ज्ञानेन्द्र शाहको मंसिर ९गते झापाको विर्तामोडमा हुने कार्यक्रमप्रति सत्तासीन दलका केही झोलेहरुले स्थगनको अनेकौ हल्ला सामाजिक सञ्जालमार्फत फैल्याएका छन् ।
राजा ज्ञानेन्द्र शाहको विर्तामोडमा हुने कार्यक्रममा लाखौ मानिस सहभागी हुने देखिएपछि सुनियोजित रुपमा त्यसरी अफवाह फैल्याएपछि शाहका सम्वाद सचिव डा. फणिराज पाठकले सूचना प्रकाशित गरी झोलेहरुले फैल्याएको अफवाहको भ्रममा नपर्न आग्रह गर्दै निर्धारित समयमै राजाको भ्रमण हुने जानकारी गराउनु भएको छ ।


डा. पाठकद्वारा जारी सूचनामा भनिएको छ श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार झापा जिल्लाको विर्तामोड नगरपालिका वडा नं. १ मा अवस्थित पञ्चकन्या चौकमा रहेको इस्टर्न एम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको आमन्त्रणमा कलेज परिषरमा निर्माण गरिएको श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक मंसिर ९ गते अनावरण गरिबक्सन सवारी होइबक्सने कार्यक्रम रहेको छ । राजा ज्ञानेन्द्र शाह मंसिर ८ गते साँझ झापाको धुलाबारीस्थित मेची क्राउनमा आएर बस्ने र ९ गते २ः३० बजे शालिक अनावरण गर्न पुग्ने कार्यक्रम रहेको राप्रपा संयोजित संगठन समन्वय विभागका केन्द्रीय सदस्य लक्ष्मण बस्नेतले जानकारी दिनुभयो । केन्द्रीय सदस्य बस्नेतका अनुसार ९ गते शनिवार धुलाबारीबाट २० हजार मोटरसाइकल, गाडीसँगै बाजागाजाका साथ कार्यक्रम स्थल पुग्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया