धरान/करोडौ कमिशनको प्रलोभनमा, स्थानीय जनताको व्यापक
विरोधका बाबजुद खानेपानी संस्थान नै कथित बोर्डको आवरणमा बेचेर खान उद्यत एसियाली विकास बैंकका दलालका रुपमा परिचय बनाएका सहरी विकास मन्त्री डा. नारायण खड्का, सचिव अर्जुन बहादुर कार्की र सह–सचिव महेन्द्र सुब्बाले भुकम्प पीडितका नाममा २५ करोडको त्रिपालमा अनियमितता गरेको पुष्टि भएको छ ।
महाविनासकारी भुकम्पबाट बासस्थान नै उजाड भएका परिवारका लागि छिटो प्रक्रियाबाट त्रिपाल खरिद गर्ने जिम्मा पाएको शहरी विकास मन्त्रालयले चार लाख ६२ हजार, सात सय २ पाल खरिद गर्दा २५ करोड भ्रष्टाचार गरेको
सरकारबाटै भएको छानबिनले पुष्टि गरेको छ । प्रधानमन्त्री सुशिल कोइरालाको निर्देशनमा राष्ट्रिय शतर्कता केन्द्रले गरेको छानबिनमा १ लाख ६० हजार ४ सय ३७ थान पाल मन्त्री, सचिव र सहसचिवको मिलेमतोमा भ्रष्टाचार भएको हो ।
सतर्कता केन्द्रले गरेको छानबिन अनुसार सहरी विकास मन्त्रालयले केन्द्रीय राहत वितरण केन्द्र नेशनल ट्रेडिङ्गमा पठाउनुपर्ने ४ लाख २५ हजार थान त्रिपाल मध्ये दुई लाख ६४ हजार ५ सय ६३ थान पालमात्र दाखिला गरेपछि प्रधानमन्त्री सुशिल
कोइरालाले त्रिपाल अनियमिततामा छानबिन गर्न राष्ट्रिय शतर्कता केन्द्रलाई निर्देशन दिनुभएको थियो । शतर्कता केन्द्रले तयार पारेको छानबिन प्रतिवेदन अनुसार ४ लाख ५२ हजार ७ सय २ थान पालको मूल्य ६९ करोड ८६ लाख परेको र प्रतित्रिपाल औसत मूल्य १ हजारस ५ सय ४६ रुपैयाको दरले दाखिला नगरेको बााकी त्रिपालको मूल्य २४ करोड ८० लाख हुन आउाछ । त्रिपालमा भएको भ्रष्टाचार छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सहरी विकास मन्त्री नारायण खड्का, सचिव अर्जुनबहादुर कार्की र सह–सचिव डा. महेन्द्र सुब्बाले केन्द्रका प्रमुख रमेश कुमार शर्मालाई दबाब दिए तापनि उनले उक्त प्रतिवेदन गत हप्तै प्रधानमन्त्रीलाई बुझाएका थिए ।
त्रिपाल खरिद गर्ने मन्त्रालयका सह–सचिव डा. मेहन्द्र सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको र खरिद गरिएका त्रिपालको स्टोर, दाखिला, आम्दानी, खर्च, मौज्जाद, वितरणका आधार र वितरण
गरिएको सम्बन्धी कागजात राष्ट्रिय शतर्कता केन्द्रले माग गर्दा उनले विवरण उपलब्ध गराउन सकेका थिएनन् । एकताका माओवादीहरु शान्ति प्रक्रियामा आएपछि माओवादीसाग भएका हतियार विवरण अनुसार राज्यलाई नबुझाउादा थप हतियार कहाा गए त भन्ने जिज्ञासमा सञ्चारकर्मीलाई प्रचण्डले भनेका थिए बााकी हतियार खोलाले बगायो त्रिपालमा भएको अनियमितता सम्बन्धमा सञ्चारकर्मीले सहरी विकास मन्त्री नारायण खड्कालाई सोध्दा उनले पनि प्रचण्डकै शैलीमा जवाफ दिएका थिए । यस्तो विपत्तको बेला कस्ले कता लग्यो, त्यसको भर्पाई राख्न सकिएन । राज्यको ढुकुटीमाथि यो भन्दा अर्को ठूलो खेलवार्ड के हुन सक्छ ? उता बंगलादेशले पठाएको ५७ हजार ब्लांककेट हराएका छन् । यो महाविपत्तिमा छिमेकी तथा अन्य देशले पठाएका सामानहरु पीडितहरुसम्म नपुर्याउनुलाई दुर्भाग्यपूर्ण मान्नुपर्छ । बंगलादेशले हवाई र सडकमार्गबाट ५९ हजार २ सय ७२ थान ब्लांककेट पठाएको थियो । तर गृह मन्त्रालयको रेकडमा २ हजार ४ सय ७८ थान मात्र प्राप्त भएको उल्लेख
छ ।
यहाा स्मरणीय कुरा के छ भने राष्ट्रिय विपत व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिका सभापति एवम् सभामुख सुभाषचन्द्र नेम्बाङ्गले भुकम्प प्रभावितलाई उपलब्ध गराउन सहरी विकास मन्त्रालयबाट खरिद गरिएका पालमा अनियमितता गर्ने दोषीलाई कारबही प्रक्रिया अगाडि बढाउने बताएका छन् । अनियमितता गर्नेहरु यतिबेला विभिन्न शक्ति केन्द्र धाउन थालेको बताइएको छ । राष्ट्रिय शतर्कता केन्द्रले तयार पारेको छानबिन प्रतिवेदन नेम्बाङ्गले माग गरी संविधानसभाको सविचालयमा पठाइसकिएको छ । समितिको अब बस्ने वैठकमा त्रिपाल खरिदमा भएको भ्रष्टाचार सम्बन्धी केन्द्रको प्रतिवेदन अनुसार दोषीलाई कारबाहीका लाग सम्बद्ध निकायलाई निर्देशन दिइने भएको छ ।
