धरानको दन्तकालीमा फूलपाति भित्र्याइयो

धरान । आज दसैंको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएको छ छ । यसै धरान १४ विजयपुरमा रहेको दन्तकाली शक्तिपीठमा समेत फूलपाति भित्र्याएको छ । फूलपाती भित्र्याएसँगै घर घरमा दशै भित्रिएको मानिन्छ । नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अजना गरी भित्र्याएपछि दशै शुरुवात हुने मान्यता छ । अन्य शक्तिपीठमा जसतै धरानको दन्तकाली पीठमा समेत विधिवत रुपमा फूलपाति भित्र्याएको छ ।


नेपाली सेनाको बेण्डबाजा र सलामीसहित, सशशस्त्र प्रहरी, जनपथ प्रहरी, नगर प्रहरीको सहभागितामा दन्तकाली शक्तिपीठबाट बुढासुब्बामा पुगेर सेनाले सलामी अर्पण गरेपछि पिण्डेश्वर मन्दिरमा रहेको फूलपातिलाई विधिवत रुपमा पूजाआजा गरी दन्तकालीमा ल्याएर भित्र्याइएको थियो । सो अवसरमा विभिन्न संघ संस्था, सनातन धर्मालम्बीमा आस्था राख्नेहरु तथा मन्दिरका पूजारीहरुको सहभागिता रहेको थियो । विहानै दन्तकालीका पूजारीहरु नुहाएर गरेर यी नौ पत्र खोज्न जाने प्रचलन छ । सोही नौ पत्र अर्थात फूलपाती दन्तकालीका पूजारीले डोलीमा बोकेर ल्याएर दन्तकाली मन्दिरमा भित्र्याएका थिए । ल्याउने क्रममा फूलपाति तथा फूलपाति बोक्ने पुजारीलाई कसैले छुन नहुने मान्यता रही आएको छ । सो अवसरमा बुद्धिजिवी एवम् समाजसेवी प्रा.डा. राजेन्द्र शर्माले नौ दिनमा देवी दुर्गाको अनेकन रुपको पूजाआजासँगै नवपत्र भित्र्याउनुको धार्मिक महत्व धरै हुने गरेको छ । ूलपाति भित्र्याउने कार्यक्रमको व्यवस्थापन दन्तकाल मन्दिर व्यवस्थापन समिति र धरान उपमहानगरपालिका १४ नं. वडा समितिले गरेको थियो । वडाले नेपाली सेना, जनपथ प्रहरी, निवाृचित जनप्रतिनिधि लगायत सबैलाई निमन्त्रण गर्ने काम गरेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । नौरथाको अन्य दिनमा चहलपहल कम भए पनि फूलपाति भित्र्याउने क्रममा भने सबैको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया