अधेरी खोलामा झोलुङ्गे पुल सर्वसाधारणलाई राहत

धरान । बर्षौदेखि एउटै वडाको दुई वटा गाउँ सम्बन्ध विच्छेदझै थियो । वारिपारि रहेका दुवै गाउँ एउटै वडामा भएपनि बीचमा भएको अँधेरी खोलाका कारण घुमेर जाँदा एक घण्टादेखि डेढघण्टामा पुग्न सकिन्थ्यो तर अहिले त्यस ठाउँमा झोलुगे पुल निर्माण भएपछि सबै भन्दा खुशी यी दुई गाउँका सर्वसाधारण भएका छन् । धरान उपमहानगरपालिका सुनसरी जिल्लाको सुगम स्थलभित्र पर्छ तर यही उपमहानगरपालिकाका वडाहरु एक वडाबाट अर्को वडामा पुग्न घण्टौ लाग्छ भन्दा सायदै पत्यार नलाग्ला तर धरान उपमहानगरपालिकाको वडा नं. ५ मा रहेका आपगाँछी र ठिंगाबारी जोड्ने खोलामा पुल बनन्दा सर्वसाधारणले यस्तै नियति भोगे । एउटै वडाका दुई गाउँबीचका सर्वसाधारण चिनजान समेत थिएन । तर अहिले झोलुङे पुल निर्माण भएपछि भने यी दुई गाउँको सम्बन्ध नजिकिएको छ भने आउजाउ समेत बढेको छ .

धरान ५ आँपटारमा बर्षौदेखि होटल व्यवसायी चलाउदै आउनु भएकी दिलु लिम्बुले विगतमा पुल निर्माण नहुदा सर्वसाधारणले ठिंगाबारीसम्म पुग्न सास्ती भोग्नुपर्ने अवस्था भएको बताउनुभयो । उहाँले अँधेरी खोलामा बाढी आएका बेला घुमेर जानुपर्दा डेढघण्टासम्म लाग्थ्यो भने बाढी नआएको समयमा खोलाबाट तरेर जाँदा समेत आँधा घण्टा लाग्ने बताउनुहुन्छ । उहाँले त्यसबेला एउटा गाउकोले अर्को गाउँकोसँग चिनजानै नहुने बताउनुभयो । उहाँमात्र हैन धरान ५ आपटारकै भद्रमाया राइको थियो । कृषि पेशा अँगाल्दै आउनु भएकी उहाँले समेत विगतमा पुल नहुदा घण्टौ लागेर ठिंगाबारी पुग्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । आँपटारका सर्बसाधारणमात्र हैन ठिंगाबारीका देवबहादुर राईको भनाई पनि आपटारको भन्दा फरक छैन । ठिंगाबारीबाट आपटार पुग्न घुमेर जानुपर्ने बाध्यता हुदा घण्टौ लाग्ने बताउँनुहुन्छ । आपटार तथा ठिंगाबारीमा अधिकांश सर्वसाधारण कृषि पेशामा आश्रित छन् । यो पुल नहुदा धरान बजारसम्म आफूले उत्पादन गरेको कृषि समाग्री लान समेत अत्यन्तै कष्टकर थियो भने विद्यालय जाने विद्यार्थीहरुलाई बाढीको समयमा समस्या थियो । यहाँका अधिकांश बालबालिका धरान उपमहानगरपालिकाको विभिन्न विद्याजलयमा अध्ययनरत रहेका छन् । अहिले भने यो ठाउँमा झोलुंगेपुल निर्माण भएको छ । निर्माण भएको यो झोलुंगे पुल सायदै धरानमा बनेका झोलुंगेपुलको तुलनामा सबै भन्दा लामो छ । यो पुलको लम्बाई २ सय ३३ मिटर रहेको छ ।
यी दुई गाउँ जोड्ने पुल ०७८ साल असार १० गतेदेखि निर्माण शुरु भएको थियो भने सम्पन्न दुई बर्षपछि अर्थात २०८० वैसाख १० गते सम्पन्न भएको थियो । सम्पन्न भएको यतिका महिना वित्तिसकेपछि शुक्रबार संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उद्घाटन गर्नुभएको छ । सो झोलुङ्गे पुल पूर्व सघिय सांसद जयकुमार राइको पहलमा नेपाल सरकार शहरी बिकास मन्त्रालय स्थानीय पुर्वाधार विकास पुल महाशाखा अन्तर्गत निर्माण भएको हो । पुलको निर्माण सम्पन्न हुदासम्म सम्पूर्ण १ करोड ८ लाख ४२ हजार ९ सय १५ लागत लागेको निर्माण समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया