दशै भित्रिएसँगै मठ मन्दिर सरसफाईमा तिब्रता

धरान । नेपालीहरुको राष्ट्रिय पर्व दशै नजिकिदै जाँदा धरानको धार्मिक क्षेत्र आसपासका सडक सरसफाई शुरु भएको छ । अन्य दिनमा सरसफाई नभए पनि चाडवाड नजिकिएसँगै धरान १४ विजयपुर क्षेत्रमा रहेका सडकहरु सरसफाइ गरिएको हो । सरसफाई अभियानको अगुवाई पूर्व प्रहरी संघ धरानले गरेको छ । यसमा वहालवाला प्रहरीले समेत प्रहरीलाई सहयोग गरेको छ । धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरदेखि दुईधारेसम्म रहेका सडक आसपासमा भएका फोहोरहरु सरसफाई गरिएको हो । बहालवाला प्रहरी र पूर्व प्रहरी गरेर १ सय जनाको टोलीले सरसफाई गरको पूर्व प्रहरी संघ धरानका अध्यक्ष कालुराम राईले बताउनुभयो । उहाँले सरसफाई अभियान निरन्तर गर्ने बताउनुभयो ।


विगतमा मुख्य सडकमात्र सरसफाई गर्ने गरिन्थ्यो तर अहिले भने दुईधारेदेखि सिढीबाट दन्तकालसम्म पुग्ने शाखा बाटो सरसरसफाई गर्दा दशैमा शक्तिपीठमा आउने सर्वसाधारणलाई सहज हुने मन्दिरका पूजारी कमल भट्टराई बताउनुहुन्छ । धार्मिक पर्यटकीय क्षेत्रको सरसफाई विभिन्न संघ संस्थाले गरिरहँदा १४ नं. वडाले समेत तदरुकता देखाइरहेको अवस्थामा धार्मिक क्षेत्रमा भएको सडकको नियमित सरसफाइका लागि वडाबाट छलफल भइरहेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । विजयपुर क्षेत्रमा अन्य बेला फोहोरको डंगुर थुप्रने गरेपनि पचाडपर्वमा भने विभिन्न संघ संस्थाले सरसफाई गर्ने गर्छन् । यस्ता सरसरफाई अन्य दिनमा समेत हुन सकेको खण्डमा धामिक पर्यटकीय क्षेत्र विजयपुर स्वच्छ र सफा देखिने थियो यसतर्फ भने सम्बन्धित पक्षको ध्यान नै गएको छैन ।

तपाईको प्रतिक्रिया