प्रहरी दिवसको अवसरमा भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग

धरान । नेपाल प्रहरी श्रीमति संघले धरान १६ मा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेको छ ।
संघकी अध्यक्ष अजिता देवकोटा वास्तोलाको उपस्थितिमा ६८ औ प्रहरी दिवसको अवसरमा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एउटा व्याग, तीवटा कपी, एक प्याकेट प्यानसिल वितरण गरेको हो । प्रहरी संगठनको स्थापना २०१२ असोज ३१ गते भएको हो । संगठनको स्थापना भएकै दिन प्रहरी दिवसको रुपमा मनाउने गरिएको छ ।


सामाजिक कार्यमा सक्रिय यो संघले स्थापनाकालदेखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहाराविहीन, अशक्त, ज्येष्ठ नागरिक र निम्न आए भएका विद्यार्थीहरुलाई विभिन्न सहयोग पु¥याउदै आएको छ । सामाजिक कार्यमा सक्रिय संघले यस भन्दा अगाडि पनि विभिन्न विद्यालयमा वितरण गर्दै आइरहेको संघकी अध्यक्ष अजिता देवकोटा वास्तोलाले बताउनुभयो । उहाँले यस भन्दा अगाडि मोरङका विभिन्न विद्यालय, सुनसरीको चतरा स्टेशनरी सामानहरु वितरण गरेको बताउनुभयो । निम्न आय भएका विद्यार्थीहरु जसलाई अभिभावकले व्याक, कपि, पेन्सिल जस्ता स्टेशनरी सामान खरिद गर्न नसक्ने अवस्थाका छन् उनीहरुलई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले भगवाती माविका विद्यार्थीहरुलाई सहयोग गरिएको अध्यक्ष वास्तोलाले बताउनुभयो । यसका अलावा संघले कोशी प्रदेशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर, विभिन्न जनचेतामूलक कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम लगायतका कार्यक्रम समेत गर्दै आएको उहाँले बताउनुभयो । संघले वितरण गरेको स्टेशनरी सामानले आफूहरुलाई धेरै सहयोग पुगेको स्वयम् विद्यार्थीहरुले बताएका थिए । मुलुकमा आइपरेको विपत्तिका समयमा, निम्न आय भएकाहरुको सहयोगमा तथा निम्न आय भएका विद्यार्थीहरुलाई निरन्तर सहयोग गर्दै आएको नेपाल प्रहरी श्रीमति सघको सामाजिक कार्यको धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले प्रशंसा गर्नुभयो । २०४१ साल भदौ ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको थियो । संस्थाको भगिनी संस्थाको रुपमा प्रदेश प्रहरी श्रीमती संघ स्थापना भएदेखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहाराविहीन, अशक्त, ज्येष्ठ नागरिकलगायतलाई राहत सहयोग, स्वास्थ्य शिविरहरु लगायत विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया