गणेशचौक (पाँचथर) । भौगोलिक रुपमा विकट तर सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण नेपालको गौरवको आयोजना अन्तर्गत रहेको मध्यपहाडी लोकमार्गको शरुवाती विन्दुको रुपमा रहेको थर्पु–चिवाभन्याङ सडकको ठेकेदारले ४८ करोड विगो दाबी गर्दै असोज ११ गते अदालतमा मुद्दा दायर गरेका छन् । थुर्प चिवाभन्याङ सडक आयोजनाले आफूहरुलाई काम गर्ने साइड नै नदिएको, आफ्ना कामदारहरु त्यसै बस्नु परेको भन्दै उनीहरुले उक्त रकम माग दाबी गर्दै अदालतमा मुद्धा दायर गरेपछि हाल उक्त सडकको काम ठप्प भएको छ । यसै सम्बन्धमा चिवा भन्ज्याङ भोजपुर सडक खण्ड आयोजनाका इन्जिनियर अर्जुनकुमार वमसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो उनीहरु काम नगरी बस्ने, पटक पटक काम गर्न ताकेता गर्दा पनि अटेर गर्ने अनि अहिले आयोजनालाई दोष दिएर बिगो दाबी गर्नु सरासर लगत हो । उहाँले भन्नुभयो आयोजनाका तर्फबाट कहिल्यै असहयोग भएको छैन । उहाँले भन्नुभयो आयोजनाले प्रत्युत्तर सहित मुद्दा खाप्छ ।

गणेश चौक च्याङथापु सडकको ६० किमीमध्ये ९ किमी सडक थुर्पसम्म कालोपत्रे भइसकेको छ । थर्पुभन्दा अगाडि चिवाभन्ज्याङसम्मको ५१ किमी सडकको स्तरोन्नति सँगै कालोपत्रेका लागि अघिल्लो आर्थिक बर्षमा ठेक्का लागे पनि ठेकेदारले काम नगरेको इन्जिनियर अर्जुनकुमार बमले बताउनु् भएको छ । चिवाभन्ज्याङदेखि जिरोप्वाइन्टसम्मको १६.५ किमी रोशन शिवशक्ति जेभी, त्यपछिको १८.५ किमी सन्तोषी शिवशक्ति जेभीले र तेस्रो १६.५ किमी रोशन शिवशक्ति जेभीले ठेक्का लिएका हुन् । फलैचा पुलको सर्भे डिजाइन दुई महिना अगाडिको भारी बर्षाका कारण चिवाभन्ज्याङ सडकको फलैचास्थित मेवाखोलाले पुल बगाउँदा उक्त सडक खण्डमा यातायातका कुनैपनि सवारी साधन सहज ढंगले सञ्चालन हुन सकेका छैनन् । फलैचामा रहेको २५ मिटर लामो पुलको सट्टामा हाल सोही स्थानमा ३५ मिटर लामो पुलको लागि सर्भे डिजाइन भएको इन्जिनियर बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो हाल उक्त पुलको सर्भे डिजाइन सहित टिप्पणी उठाएर डिजीको कार्यालयमा पठाएका छौं । चाँडै नै रिपार्ट योजना कार्यालयमा पेश हुन्छ । त्यसपछि पुल निर्माण ठेक्का प्रक्रियामा जान्छ । अहिले चिवाभन्ज्याङसम्म कुनै सवारी साधन चलेका छन् कि छैनन् त भन्ने सवालमा इन्जिनियर बमले भन्नुभयो हामीले फैलचामा गगेको पुल नजिक डाइभर्सन बनाएका छौं । निर्माणाधीन पहाडी सडक बर्षाको समयमा केही स्थानमा पहिरो खसेको होला, केही सडक क्षति बनाएको होला । १५ दिन अगाडिसम्म केही साना सवारी साधन चिवाभन्ज्याङ पुगेर आएका थिए । हालको अवस्था कस्तो छ त्यो त बुझ्नैपर्छ । चिवाभन्ज्याङ बिओपीले १४ किमी सीमा बिन्दु हेर्दै द्विद्वेशीय सीमा निगरानी, संदिग्न गतिविधि नियन्त्रण, सीमा स्तम्भको पहरेदारी गर्ने उद्देश्यले अढाई बर्ष अगाडि भारतको सिक्किम राज्यसँग सीमा जोडिएका चिवाभन्ज्याङ विओपी (बोर्ड आउट पोष्ट) ले हाल २० वटा सिमा विन्दु २४ किमीको निगरानी गरिरहेको छ । मध्य पहाडी लोकमार्गको उद्गम विन्दु चिवाभन्ज्याङका अलावा पाँचथरको तोरीपुले, फलौट, सुकेथाम (भैसे) मा बोर्ड आउट पोष्ट रहेका छन् । यी सबै स्थानले
भारतको सिक्किम राज्य छुन्छ । यी विओपीहरुले तिम्बु पोखरी, सुर्के, पहाडी भेगु, घोप्टे, देउराली डुंड, सुर्केथाम, निगालेथाम, गैरी, भुसपति, फलेके, लामिडाँडा, बज्रडाँडा, बलेडाँडा, मेजर डाँडा, पहाडे भन्ज्याङ, पारिभित्ता, फोक्टेडाँडा, सिंहलिला लगायतका स्थान हेर्दै आएको छ । कतिपय सीमा विन्दुमा पुग्न विओपी सिक्किमको भूभाग समेत प्रयोग गर्दै आएको छ । बाह«ै महिना प्राय ः हिउँ पर्ने र भौगोलिक वनावट अत्यन्तै विकट भएको चिवाभन्ज्याङमा १६ ससस्त्र प्रहरी रहँदै आएका छन् । उता भारततर्फ भने भारतीय सीमा सुरक्षा बलको एक गुल्मले ४ देखि ५ किमी क्षेत्रको निगरानी गर्दै आएको छ । त्यसो त भारतीय सीमा सुरक्षाबलसँगै सिक्किम प्रहरीले समेत उक्त क्षेत्रमा निगरानी गदैै आएको छ । चिवाभन्ज्याङ बिओपीले ३७ सीमा स्तम्भ हेर्दै पाँचथर जिल्लाको याङबरक गाउँपालिका वडा नं. १ स्थित चिवाभन्ज्याङमा रहेको सशस्त्र प्रहरीको विओपीले हाल ३७ वटा सीमा स्तम्भको निगरानी गर्दै आएको छ । उक्त स्थानमा रहेको ३७ वटा सीमा स्तम्भ मध्ये मुख्य सीमा स्तम्भ १३, सहायक सीमा स्तम्भ २२ र साना सीमा स्तम्भ दुई वटा रहेका छन् । चिवाभन्ज्याङ विओपीका अनुसार ५ वटा सीमा स्तम्भ पूर्ण रुपमा मर्मत गर्नुपर्ने देखिएको छ । जसमा ३८ नं. पिल्लरको रडमात्र देखिएको छ, ३८ नं.पिल्लरको डोभ मात्र देखिन्छ, ४९ नं. पिल्लरको सबै नम्बर मेडिएको छ, ४३÷३ नं. को पिल्लर पहिरोले बगाएको छ भने ४८ नं. को पिल्लर विओपी आफैले ढुंगा
राखेर बनाएको छ ।
